आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हुम्लाको सिमिकोट गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२२, बुङ्गमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई प्रहरीले ०८० साउन २८ गते गिरफ्तार गरेको छ ।
चाइल्ड केयरमा बस्दै आउनुभएकी पीडित बालिकालाई आरोपितले कुटपिट गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी परिसरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २७ गते पाटन अस्पतालमा भयो ।







