• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैदी शङ्कास्पद मृत्यु घटनाः कैदीबन्दी र कर्मचारीको छुट्टाछुट्टै विज्ञप्ति


  •     अभियान हाम्रो/ सोमबार, साउन २९, २०८०  

  • खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कैदीबन्दी र कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

    प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको घटनामा कैदीबन्दी र निजामती कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् ।

    कारागारमा रहेका कैदीबन्दीहरूले साउन २८ गते एक विज्ञप्ति जारी गरी कारागारको बाह्य प्रशासन सुचारू गराइदिन प्रमुख जिल्ला अधिकारलाई आग्रह गरेका छन् ।

    Photo 20230813 Sangkhuwasabha (2)

    Photo 20230813 Sangkhuwasabha (5)

    Photo 20230813 Sangkhuwasabha (4)

    Photo 20230813 Sangkhuwasabha (1)

    Photo 20230813 Sangkhuwasabha (3)

    कारागार प्रमुख राजेन्द्र घिमिरेको घटनामा संलग्नता नरहेको तर, कारबाहीका लागि किटानी उजुरी परेको भन्दै विभिन्न राजनीतिक दलसम्वद्ध निजामती कर्मचारीले विज्ञप्तिमार्फत विरोध जनाएका छन् । राजनीतिक दलसम्वद्ध निजामती कर्मचारीहरूले साउन २९ गते एक विज्ञप्ति जारी गरी निश्पक्ष छानविनमार्फत दोषीलाई कारबाहीको माग गरेका छन् ।

    पीडित पक्षको किटानी उजुरीका आधारमा प्रहरीले ०८० साउन २३ गते राति कारागारको सुरक्षा प्रमुखको जिम्मेवारीमा रहेका असई लक्ष्मी चौधरीविरूद्ध साउन २७ गते कर्तव्य ज्यान शीर्षकमा उजुरी दर्ता गरेको छ । आरोपित चौधरीलाई प्रहरीले साउन २८ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।

    चौधरीविरूद्ध साउन २८ गते जिल्ला अदालतमा कर्तव्य ज्यान शीर्षक मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो । पीडित पक्षले कारागार प्रमुख राजेन्द्र घिमिरेविरूद्ध प्रहरीमा उजुरी दिएको भएपनि घिमिरे सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    घटनाको छानविनका लागि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा साउन २४ गते गठन गरेको छानविन समितिले जिल्लामा साउन २६ गतेदेखि अनुगमन गरीरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.