• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

म तर्सेर भाग्ने खालको मान्छे होइन: माधवकुमार नेपाल


  •    संवाददाता/ सोमबार, साउन २९, २०८०  

  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन्।

    ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वाेच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन्।

    विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे आफू नभएको बताएका हुन्।

    ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो। म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो। पत्रपत्रिकामा मेरोबारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो। गोली चल्ने बेलामा, गोली खानी बेलामा, राजालाई समाउने बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन,’ उनले भने।

    प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा युरोपका विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्किएका उनले सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको बताए।

    उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए। त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.