• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चन्दा माग गर्दै मार्ने धम्की दिएको आरोपमा दुई जना गिरफ्तार


  •    संवाददाता/ सोमबार, साउन २९, २०८०  

  • नेपाल कम्युनिस्ट पार्टी बहुमतको सदस्य भन्दै धम्की दिएर चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले सल्यान जिल्लाकाे त्रिवेणी गाउँपालिका –५, फालाबाङका २८ वर्षी धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका २७ वर्षीय चन्द्रप्रकाश विकलाई साउन २५ गते गिरफ्तार गरेको छ ।

    आरोपित धनराज परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी पुष्पराज मल्लले दिको जानकारी अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रधानाध्यापक ४३ वर्षीय मधुसुदन केसीसँग १० लाख रूपियाँ, , सल्यान जिल्ला कालिका माविका शिक्षक बामदेव अधिकारीसँग ५ लाख रूपियाँ , तुलसीपुर–७ पर्सेनीका इन्द्रबहादुर वलीसँग १ लाख रूपियाँ, तुलसीपुर –१८ बेलझुण्डीका जानका बस्नेतसँग १ लाख रूपियाँ चन्दा मागेको आरोपमा गिरफ्तार गरिएको हो ।

    आरोपितद्वयले माग बमोजिमको चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र मार्ने जस्ता धम्की दिएर पत्राचार र मोवाइल सन्देश पठाएको गोप्य उजुरीका आधारमा गिरफ्तार गरेको डिएपी मल्लले बताउनु भयो ।

    आरोपितहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएपी मल्लले बताउनु भयो ।

    आरोपितहरुले चिठी दिएपछि पनि पटक–पटक फोन गरेर धम्की दिने गरेको तनाब दिने गरेको प्रहरीले जनायो । आरोपितहरूलाई इलाका प्रहरी कायार्यालय, तुलसीपुरको हिरासतमा राखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.