नेपाल कम्युनिस्ट पार्टी बहुमतको सदस्य भन्दै धम्की दिएर चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले सल्यान जिल्लाकाे त्रिवेणी गाउँपालिका –५, फालाबाङका २८ वर्षी धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका २७ वर्षीय चन्द्रप्रकाश विकलाई साउन २५ गते गिरफ्तार गरेको छ ।
आरोपित धनराज परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी पुष्पराज मल्लले दिको जानकारी अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रधानाध्यापक ४३ वर्षीय मधुसुदन केसीसँग १० लाख रूपियाँ, , सल्यान जिल्ला कालिका माविका शिक्षक बामदेव अधिकारीसँग ५ लाख रूपियाँ , तुलसीपुर–७ पर्सेनीका इन्द्रबहादुर वलीसँग १ लाख रूपियाँ, तुलसीपुर –१८ बेलझुण्डीका जानका बस्नेतसँग १ लाख रूपियाँ चन्दा मागेको आरोपमा गिरफ्तार गरिएको हो ।
आरोपितद्वयले माग बमोजिमको चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र मार्ने जस्ता धम्की दिएर पत्राचार र मोवाइल सन्देश पठाएको गोप्य उजुरीका आधारमा गिरफ्तार गरेको डिएपी मल्लले बताउनु भयो ।
आरोपितहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएपी मल्लले बताउनु भयो ।
आरोपितहरुले चिठी दिएपछि पनि पटक–पटक फोन गरेर धम्की दिने गरेको तनाब दिने गरेको प्रहरीले जनायो । आरोपितहरूलाई इलाका प्रहरी कायार्यालय, तुलसीपुरको हिरासतमा राखिएको छ ।