• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाँदै, उतैबाट चीन जाने

"प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाँदै, उतैबाट चीन जाने "

  •    अभियान हाम्रो डट कम / सोमबार, साउन २९, २०८०  

  • संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने प्रचण्डको तयारी छ ।

    परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । ‘प्रधानमन्त्रीज्यूको न्यूयोर्क र चीन भ्रमणको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नगरिसकेकाले धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

    यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति र चीन भ्रमणको मिति (सेप्टेम्बर २३) एकैदिन परेपछि प्रधानमन्त्री प्रचण्ड कहाँ जाने भन्ने द्विविधामा थिए । तर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने मिति संशोधनका लागि राष्ट्रसंघलाई अनुरोध गरेको थियो । सो अनुरोधपछि प्रधानमन्त्री प्रचण्डले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको स्रोतले बतायो ।

    महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ ।

    महासभालाई सम्बोधन अघि सेप्टेम्बर १८ र १९ मा दिगो विकास सम्बन्धी सम्मेलनमा पनि सहभागी हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड त्यस अगाडि नै न्यूयोर्क प्रस्थान गर्न सक्ने स्रोतले बतायो । न्यूयोर्कमा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग साइडलाइन वार्ता गर्ने गृहकार्य भइरहेको छ ।

    संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट सिधै चीन जाने तयारीमा छन् । चीनमा उनी १९ औं एसियाली खेलकुदमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने छन् ।

    भ्रमण टोलीका सदस्य र टिकट टुंगो लागिनसकेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘सकेसम्म सानो टोली जाने भन्ने हो, तर विभिन्न विषयगत मिटिङहरु पनि हुने भएकाले सम्बन्धित विषयमा जानकारी राख्नेहरुलाई पनि लैजानैपर्ने स्थिति छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.