• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धादिङ जिल्ला थाक्रे गाउँपालिकामा सञ्चालित ३ दिने क्षमता अभिवृद्धि तालीम समापन


  •     अभियान हाम्रो/ आइतबार, साउन २८, २०८०  

  • एकीकृत सामुदयिक विकास अभियान नेपाल एक्सनएड्को सहयोगमा धादिङ जिल्ला थाक्रे गाउँपालिकामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP) मार्फत थाक्रे गाउँपालिकाको वडा नंं. १ देखि ८ सम्म गुणस्तरीय शिक्षा, जीविकोपार्जन, विपद र हिंसा लाई मुख्य बिषय बनाएर काम गर्दछ ।

    बिशेषत सरकारी विद्यालयमा हुने ढिलासुस्ती, सामाजिक लेखापरीक्षण, विद्यालय सुधार योजना, शिक्षक तालिमको अभाव, शैक्षिक सामाग्रीको अभाव, भएको शैक्षिक सामाग्रीको प्रयोग नहुनु, प्रभावकारी शिक्षण नगर्नु लयागतका कारणले शिक्षामा गुणस्तर नहुनु, दैनिकी आधारभुत आवश्यकता जोहो गर्न नसक्ने, साथै केहि महिना मात्रै खाना पुग्ने विपन्न लक्षित समुह लाई जीविकोपार्जनमा सहयोग हुने किसीमको क्रियाकलापहरु सञ्चालन गर्ने, हुने विभिन्न विपद जोखिम लाई न्यूनीकरण गर्न पहल गर्ने क्रियाकलापहरु सञ्चालन गर्ने र विभिन्न हिंसाहरु लाई न्यूनीकरण गर्न पहल गर्ने किसीमका कार्यक्रमहरु सञ्चालन गर्ने उद्धेश्यका साथ यो परियोजना कार्यन्वयन हुदै छ ।

    यो कार्यक्रम अन्तर्गत थाक्रे गाउँपालिका वडा नं. ६ महादेबबेशी स्थित होटल रुपाखेतीको हलमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गठन भएका समुहका प्रतिनिधीहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालीम आज सम्पन्न भएको छ ।
    तालीम श्रावण २४ देखि २६ गते (अगष्ट ९ देखि ११, २०२३) सम्म थाक्रे गाउँपालिका वडा नं. ६, महादेबबेशींमा सम्पन्न भएको हो ।

    एकीकृत सामुदयिक विकास अभियान (ICDC) नेपाल र एक्सनएड्को (Action-Aid) नेपालको सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम(LRP) को आयोजना, सानाकिसान सहकारी संस्था लि. धादिङका पुर्व अध्यक्ष एबं प्रशिक्षक शिव वहादुर भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

    थाक्रे गाउँपालिका कार्यक्षेत्रका २८ जना किसान समुहका महिला सदस्यहरु सहभागी रहेको तालीमको तेस्रो दिन अर्थात् आज सम्पन्न भएको समापन कार्यक्रमम एकीकृत सामुदयिक विकास अभियान (ICDC) नेपाल स्थानीय अधिकार कार्यक्रम (LRP) का कार्यक्रम संयोजक रमेश अधिकारी, थाक्रे गाउँपालिका कृषि शाखाका प्रमुख सौगात जंग थापा र थाक्रे गाउँपालिका वडा नं. ३ का वडा सदस्य ईश्वरी परियारको आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रम स्थानीय अधिकार कार्यक्रम (LRP) कार्यक्रम अधिकृत दिल वहादुर रम्तेलले सञ्चालन गर्नुभएको थियो । “३ दिन सम्मको तालीम सञ्चालन गरेर समुह, समुहको महत्व, जीविकोपार्जन, ब्यवसाय प्रवद्र्धन र बित्तिय साक्षरता संग सम्वन्धित सिकाईलाई प्रभावकारी ढंग बाट आफ्नो समुहमा कार्यन्वयन गर्न लाग्नुहुनेछ साथै यहाँहरुलाई परियोजनाको तर्फ बाट निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिवद्धता स्थानीय अधिकार कार्यक्रम(LRP) कार्यक्रमका संयोजक रमेश अधिकारीले बताउनु भयो । ”

    “ थाक्रे गाउँपालिकाको नीति तथा कार्यक्रममा भएका कृषिका कुराहरु, थाक्रे गाउँपालिकाले आगामी बर्ष सञ्चालन गर्ने कार्यक्रमहरु, गाउँपालिका बाट प्राप्त सेवा सुधिाहरु लगायत कुनै समस्या र जानकारी लिनु परेमा सम्पर्क गर्न थाक्रे गाउँपालिका कृषि शाखा प्रमुख सौगात जंग थापाले जानकारी गराउनु भयो । ”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.