• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार महासंघबाट मौन जुलुश प्रदर्शन


  •    संवाददाता/ आइतबार, साउन २८, २०८०  

  • प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले राजविराजमा साउन २७ गते मौन जुलुश प्रदर्शन गरेका छन् ।

    इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरी माथि कारबाही र प्रेस स्वतन्त्रता हनन् हुने गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना क्षमायाचनासहित फिर्ताको माँग गर्दै पत्रकारहरूले आन्दोलनको चौथो दिन मौन जुलुश प्रदर्शन गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा महासंघ कार्यालयबाट व्यानरसहित सुरु भएको मौन जुलुश नगर परिक्रमा गर्दै महासंघकै कार्यालयमा पुगेर समापन भएको छ । महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको नेतृत्व र उपाध्यक्ष बैद्यनाथ यादवको सक्रियतामा तीन दर्जन पत्रकारहरू सहभागी मौन जुलुश प्रदर्शनमा नगरवासीले समर्थन जनाएका छन् ।

    श्रृङ्खलाबद्ध रुपमा पत्रकारहरूलाई आक्रमण, धम्की, जिल्ला प्रशासन कार्यालयमा प्रवेश निषेध र जिल्ला प्रशासन कार्यालयमा अनुमति बिना फोटो, भिडिओ लिए कारबााही गर्ने चेतावनीसहितको जारी सूचनाका कारण पत्रकारहरू असुरक्षित भएकाले त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको महासंघका सप्तरी उपाध्यक्ष यादवले बताउनु भयो ।

    आन्दोलित पत्रकार महासंघ सप्तरीले साउन २८ गते मैनबत्ती जुलुश प्रदर्शन, साउन २९ गते सिट्टी जुलु प्रदर्शन, साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना, साउन ३१ गते दुई घण्टा धर्ना र साउन ३२ गते तीन घण्टा धर्ना दिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

    यसैगरी भदौ १ गतेदेखि रिले अनसन गर्ने कार्यक्रम घोषणा गरिएको महासंघका सचिव रामनारायण विश्वासले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

    पत्रकारमाथि श्रृङ्खलाबद्ध आक्रमण गर्दै आएको सप्तरी प्रहरीले साउन २७ गते मेमो खबर अनलाइनका सम्पादक राजविराज नगरपालिका–२ का ४० वर्षीय चन्दन यादवमाथि समेत दुर्व्यवहार गरेका छन् ।

    पत्रकार सुरक्षा र प्रेस स्वतन्त्रताको खोजी गर्दै मैनबत्ती बालेर आनदोलनको उद्घोष गरेको नेपाल पत्रकार महासंघ सप्तरीले चार दिनदेखि लगातार जुलुस प्रदर्शन र धर्ना गरेको छ । समाचार सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयबाट फर्किन लागेका पोखरेलमाथि साउन १५ गते असई राजेश्वर महतोले कुटपिट र दुर्व्यवहार गरेका थिए । यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन २४ गते सूचना जारी गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राखेमा कारबाही गर्ने सूचना जारी गरेको थियो ।

    उक्त सूचना प्रशासन कार्यालयले विज्ञप्तिमार्फत फिर्ता लिएपनि महासंघले क्षमायाचनासहित फिर्ता लिनुपर्ने र पत्रकार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने अडान राख्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.