• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुल्मीमा लघुवित्तका कर्मचारीहरुले संस्थामा आवद्ध सदस्यहरुको नक्कली हस्ताक्षर गरेर सवा करोडभन्दा बढी रकम झ्वाम

"गुल्मीमा लघुवित्तका कर्मचारीहरुले संस्थामा आवद्ध सदस्यहरुको नक्कली हस्ताक्षर गरेर सवा करोडभन्दा बढी रकम झ्वाम "

  •    अभियान हाम्रो डट कम / आइतबार, साउन २८, २०८०  

  • गुल्मी  जिल्लामा साधना लघुवित्तमा कार्यरत कालिगण्डकी गाउँपालिका वडा नम्बर ३ का मुना गाहा मगर र वडा नम्बर ४ की कुमारी थापाले  सदस्यको नक्कली हस्ताक्षर गरेर सवा करोडभन्दा बढी झ्वाम पारेका हुन् ।
    सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी सर्मिला राहादीले गत पौषमा साधना लघुवित्तबाट २० हजार ऋण लिइन् । एक बर्षमा फिर्ता गर्नेगरी लिएको ऋणको किस्ता तिर्न फागुनमा पूर्तिघाट जाँदा उनको नाममा बुझाउन बाँकी रकम ७० हजार देखियो । उनी छाँगाबाट खसेजस्तै भइन् ।

    बुझ्दै जाँदा राहादीको नक्कली हस्ताक्षर गरेर कर्मचारीले नै एक लाख रुपैँया लिएका रहेछन् । अर्थात लघुवित्तका कार्मचारीले आफ्नो नक्कली हस्ताक्षर गरेर एक लाख ऋण निकालेको उनलाई पत्तै भएन । ‘लघुवित्तमा बस्ने मन नै थिएन, हामीलाई सोझा देखेर समुहमा राखे ।’ उनले भने, ‘समुह बनाउने बेला धेरै नै विश्वास दिलाए तर अहिले उल्टो ऋणको भारी बोकाए ।’ आफ्नो नामको ऋण लिएबापत लागि मुना र कुमारी दुवैजना कारागारमा रहेपनि उनीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने राहादीले बताइन् ।

    उक्त संस्थाबाट २५ हजार ऋण लिएकी कालिगण्डकी गाउँपालिका वडा नम्बर २ बिसौनाकी मेनुका नेपालीले यही महिना मात्रै उक्त ऋण चुक्ता गरिन् । तर उनको नाममा अझै एक लाख रुपैँया तिर्न बाँकी छ । कारण सोही संस्थामा काम गर्ने मुना र कल्पनाले उनको नक्कली हस्ताक्षर गरेर रकम लिएका रहेछन् ।

    पाँच बर्ष अगाडी साधना लघुवित्तमा आवद्ध भएकी नेपालीले आफुले उक्त एक लाख तिर्न नपरेपनि थप ऋण भने लिन नपाएको बताइन् ।
    सोही संस्थाकी सदस्य कालिगण्डकी गाउँपालिका वडा नम्बर २ भयकोटकी अन्जु गैरे सार्कीको व्यक्तिगत खाताबाट ३३ हजार भन्दा बढी रकम गायब भएको छ । ३० हजार ऋण लिएकी सार्कीको नाममा कर्मचारीहरुले नै नक्कली हस्ताक्षर गरेर थप एक लाख लिएका रहेछन् ।

    उक्त ऋण घटाउनका लागि कर्मचारीहरुले व्यक्तिगत खाताबाट नै रकम घटाइदिएका छन् । ‘डबल ऋण लिएको हो कि होइन भनेर संस्थाको केन्द्रबाट फोन आयो, मैले होइन भने ।’ उनले भनिन्, ‘त्यसपछि बल्ल म आफु संस्थाकै कर्मचारी बाट ठगीएको थाहा पाए ।’

    २१७ जनाबाट एक करोड २४ लाख बढी रकम ठगी गरे
    सर्मिला, मेनुका र अन्जु त साधना लघुवित्तका कर्मचारीबाट ठगीने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । संस्थाबाट पूर्तिघाट शाखाको जिम्मेवारी पाएका मुना गाहा मगर र कुमारी थापाबाट संस्थामा आवद्ध कुल २१७ जना ठगीएको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरुले विभिन्न समयमा संस्थाका विभिन्न सदस्यहरुको नक्कली हस्ताक्षर गरेर, सदस्यले कम रकम माग गरेपनि उनीहरुले अगाडी÷पछाडी अंक वा शून्य थपी बढी रकम माग गरेर ठगी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानका अनुसार कुमारी थापाले ८१ लाख ८९ हजार ३४० र मुना गाहा मगरले ४२ लाख ६९ हजार ९४ रुपैँया गरी कुल एक करोड २४ लाख ५८ हजार ४३४ रुपैँया गठी गरेका छन् । कालिगण्डकी र सत्यवतीका अधिकाशं वडा एवम् बुटबलमा बस्नेहरु समेत ठगिएको प्रहरीको भनाई छ ।

    ठगीको रकम घर बनाउन र ट्याक्टर किन्न
    साधना लघुवित्तको केन्द्रीय कार्यालयमा संस्थाको अडिट हुँदा एउटै सदस्यको नाममा दोहोरो ऋण प्रवाह भएको र औसतभन्दा बढी ऋण प्रवाह भएको देखियो । त्यसपछि संस्थालाई शंका लाग्यो र स्वयम् सदस्यहरुलाई फोन गर्दा दोहोरो ऋण नलिएको बताएपछि अनुसन्धान गर्दै जाँदा संस्थाकै कर्मचारीले नक्कली कागजपत्र बनाएर रकम ठगी गरेको खुलेको हो । ठगी गर्नेमध्ये मुनालाई नवलपरासी जिल्ला सुनवल नगरपालिका–१३ एवम् कुमारीलाई घरैबाट पक्राउ गरी हाल पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    ठगी गरेको रकमबाट कुमारीले पूर्तिघाटमा घरको तला थप्ने काम गरेको र मुनाले नयाँ ट्याक्टर किनेको एवम् अन्य रकम व्यक्तिगत खर्च र बिरामी हुँदा प्रयोग गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । साधना लघुवित्तका सिइओ रेशम न्यौपानेलसंस्थाले दुवै जनासँगबाट रकम लिइ पीडित पक्षलाई बुझाउने तयारीमा रहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.