• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेवाः खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे सर्वसम्मत


  •    अभियान हाम्रो / शनिबार, साउन २७, २०८०  

  • पोखरा, २७ साउन ।

    नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखेलाई सर्वसम्मत चयन गरिएको छ । संस्थाको आज पोखरा महानगरपालिका वडा नं ३ मा रहेको नेवाः छे भवनमा आयोजना गरिएको अधिवेशनबाट अध्यक्षमा पालिखेसहित पदाधिकारी सर्वसम्मत, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको हो । नेवाः खलः कास्कीको तेश्रो कार्यकालका लागि निर्विरोध चयन भएका पालिखे यसअघि पोखरामा रहेका विभिन्न सामाजिक तथा व्यावसायीक संघ, संस्थामा दुइर्,दुई तीन,तीन पटकसम्म निर्विरोध भएको पाईन्छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्ढारी चयन भएका निर्वाचन मण्डलका संयोजक तीर्थ श्रेष्ठले बताए । बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि उनीहरुको पनि कलस्टर अनुसार चयन गरिएको छ । सदस्यहरुमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजु चयन भएका छन् । यस्तै संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन भएका छन् । परिषदतर्फबाट सदस्यमा शान्त कुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन भएका निर्वाचन मण्डलका सदस्य निरञ्जन श्रेष्ठले जानकारी दिए ।

    यस्तै अध्यक्षबाट मनोनित भएका सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्त कुमार श्रेष्ठ, रिशव तिमिला र लील बहादुर श्रेष्ठ रहेका निर्वाचन मण्डलका सदस्य आनन्द श्रेष्ठले जानकारी दिए । कमिटिको कार्यकाल ३ वर्षको रहने छ । सो कार्यकालका लागि कमिटिमा रहेर काम गर्न इच्छुक विभिन्न क्षेत्रबाट आमन्त्रित सदस्यहरु पनि चयन गरिएको अध्यक्ष पालिखेले बताए । आमन्त्रित सदस्यहरुमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदय बहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ लगायता रहेका छन् । यसअघि कार्यक्रमको उच्च अदालत पोखराका कामु न्यायाधिश रमेशराज भण्डारीले उद्घाटन गर्दै आफ्नो कला, संस्कृति र भाषाको लागि निरन्तर लागिरहनु पर्ने बताए । उनले आफ्नो भाषा, संस्कृति, रितिरिवाज, चालचलन नै हराए पहिचान नै हराउने भएकोले यसको रक्षाका लागि समुदाय सचेत रहनु पर्ने बताए ।

    यो राष्ट्रिय सम्पति भएकोले यसलाई जोगाउनु सबैको कर्तव्य भएको बताए । निर्विरोध अध्यक्ष भईसकेपछि पालिखेले भने, मैले कहिले पनि आफ्नो इथिक्स अनुसार चल्नै नपाउने भएँ । फेरी पनि मलाई नै अध्यक्ष बनाए साथीहरुले अब म के गरुँ ? एउटै मान्छे पटक पटक उही पदमा बसिरहनु राम्रो होईन । भन्नेले फेरी केके कुरा गर्छन् । तर के गर्नु जिम्मेवारी मलाई दिइएको छ । म २०७० साल चैत्र २२ गते अध्यक्ष भएर आउँदा एउटा बाचा गरेको थिएँ त्यो पूरा गरेको छु । नेवाः छे भवन नबनाई म मर्दिन भनेको थिएँ सम्पन्न पनि गरेको छु । अब ससाना काम मत्रै बाँकी छन् । यो भवन नेपालमै रहेका नेवारी समुदायले बनाएकोभन्दा पृथक र भव्य रहेको बर्ता ।

    जहाँ संग्रहालय पनि बनाईएको छ । यसमा साढे सइ वर्ष अघिका भाँडा, वस्तुत तथा पूरातात्वीक बस्तुहरु रहेका छन्, उनले् भने । सो अवसरमा पालिखेले पोखराको पर्यटनको लागि अब ताल र हिमाल मात्रै देखाएर नपुग्ने भएकोले यहाँका संग्रहालय पनि पर्यटनको गन्तव्य बनाउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष चन्द्र बहादुर राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुेन्द्र श्रेष्ठले संचालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.