• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तमु प्ये ल्हु संघ पौरे क्होइबोको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न


  •    अभियान हाम्रो / शनिबार, साउन २७, २०८०  

  • २७ साउन २०८० फ-लि-ना क्होइबो पोखरा ।

    तमु प्ये ल्हु संघ पौरे क्होइबो पोखरा-१२ कास्कीको  १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन आज साउन २७ गते शनिबार तमु प्ये ल्हु संघ केन्द्रीय खेगी भवनको सभा हलमा सम्पन्न भएको छ । प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने नारा सहितको ब्यानरमा कास्कीको पूर्वी-उत्तरदेखी उत्तर-पश्चिममा पर्ने तमु गाउँहरुमा बसोबास गर्ने तमु खेगीहरुको धार्मिक एवं सामाजिक एकीकृत संस्था पौरे क्होइबो हो ।

    ज आयोजित पौरे क्होइबोको छैटौं अधिवेशनबाट घाचोकका भिम बहादुर क्रोम्छें तमु (पच्यु चिबा) लाई नै अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको छ ।  अधिवेशनले १७ जना कार्यसमितिको फ्रेमिङमा आज ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ भने यही कार्यसमितिले पछि ७ जना मनोनीतमा ल्याउन सकिने निर्वाचन मण्डलको सुझाव रहेको छ । सहमतीय आधारमा गठित नयाँ कार्यसमितिको अध्यक्षमा भिम बहादुर क्रोम्छें तमु, उपाध्यक्षमा लोक बहादुर टुक्ल्हेप्री तमु, सचिवमा डम्बर ङोप्छे तमु र कोषाध्यक्षमा पुनः उमा ङोप्छे तमु नै सर्वसम्मत चयन भएको छ । भने सदस्यहरुमा छवि लाल ल्हेंगे तमु, शेर बहादुर कुप्छे तमु, दिल बहादुर ल्हेंगे तमु, चिज कुमार ल्हेंगे तमु, कर्ण बहादुर टुक्ल्हेप्री तमु, फौद सिङ क्रोम्छें तमु र पेउ बहादुर ल्हेंगे तमु रहेका छन ।

    यसरी सम्पन्न भएको तमु प्ये ल्हु संघ पौरे क्होइबोको छैटौं अधिवेशनको निर्वाचन संयोजकमा अधिवक्ता कर्ण बहादुर ङोप्छे तमु, सदस्यहरुमा क्या.रुप बहादुर गरब्ज तमु र आइ बहादुर ल्हेंगे तमु रहेका थिए । आजको यस अधिवेशनमा खाना खाजाको प्रायोजन तमु प्ये ल्हु संघ कास्कीका सहकोषाध्यक्ष हिम गरब्ज तमु र सदस्य क्या.देब थिम्जे तमुले गरेका थिए भने पिउने पानीको प्रायोजन पौरे क्होइबोको निवर्तमान सदस्य शिला योज तमुले गरेको थियो ।

    यसैगरी पौरे क्होइबोलाई तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीका सदस्य क्या.प्रेम कुमार थिम्जे तमुले आफ्नो स्व.बाबा सन्त बहादुर थिम्जे तमु र स्व.ससुरा देउ बहादुर च्हम्रु तमुको स्मृतिमा रु.१०,०००/- अक्षरुपी दश हजार रुपैयाँ सहयोग दान गरेकोमा क्या.प्रेमलाई यसै समारोह बीच माला, फेटा र प्रशंसा-पत्रले सम्मान गरेको छ । यसैगरी हालै सम्पन्न तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको महाधिवेशनबाट नवचयन अध्यक्ष बुद्धि शुवा लेम तमुलाई र जिल्ला महिला समिति कास्कीको अधिवेशनबाट नवचयन अध्यक्ष तिल माया प्ल्हें तमुलाई पनि यसै समारोहमा सम्मान गरेको छ ।

    यसरी सम्पन्न आजको यस समारोहका अध्यक्षता तमु प्ये ल्हु संघ पौरे क्होइबोका अध्यक्ष भिम बहादुर क्रोम्छें तमु, आजको प्रमुख व्यक्तित्व केन्द्रीय समितिका संस्थापक अध्यक्ष जंग बहादुर ल्हेंगे तमुको आतिथ्यतामा, कोषाध्यक्ष उमा ङोप्छे तमुले स्वागत र सहसचिव लोक बहादुर टुक्ल्हेप्री तमुले कार्यक्रम सञ्चालन गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.