सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—६ स्थित पञ्चपुरी होटेलकी सञ्चालक ४१ वर्षीया तुलसी राना माथि हातपात गरेको आरोपमा पञ्चपुरी नगरपालिका—३ का वडा सदस्य ३७ वर्षीय सुरज कार्कीे विरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता भएको छ ।
वडा सदस्य कार्कीसहितका अन्य अपरिचित तीन जनाले आफूसँग २० हजार रुपियाँ लिन बाँकी रहेको भन्दै हातपात गरेको पीडित आरोप लगाउनु भयो ।
साझोदारीमा होटेल सञ्चालन गरेका थियौं । २० हजार रुपियाँ दिन हिसाबमा देखिएको थियो । तर पछि हिसाब बराबर भइसकेको थियो । तीन जना केटाहरु ल्याएर साउन २६ गते हातपात गरेको र पसलबाट ३५ हजार रुपियाँ लिएको पीडितले दिएकाे उजुरीमा उल्लेख छ ।
व्यक्तिगतरुपमा लेनदेन भएकोले हिसाब किताबको विषयमा चर्काचर्की भएको आरोपित कार्कीले बताउनु भयो ।
हिसाबको विषयमा बारम्बार भन्दा पनि नदिएपछि विवाद भएको हो । हातपात भएको छैन । आरोपितको भनाइ छ ।
जाहेरी दर्ता भइसकेको र आरोपितलाई गिरफ्तारको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत पर्शुराम चौधरीले जानकारी दिनु भयो ।