चक्रघटा गाउँपालिका–२ की ४४ वर्षीया जकिला खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय आरिफ अन्सारी र उहाँकी ३४ वर्षीया पत्नी जलियाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० साउन २५ गते उजुरी दिनु भयो ।
आरोपितहरूले पीडितलाई साउन १४ गते बोक्सीको आरोपमा गालीगलौच गर्नुको साथै कुटपिट समेत गरेको पीडित खातुनले बताइन् । कानूनी प्रक्रियामा अघि बढेपछि गाउँमै मिलापत्र गर्न चक्रघटा गाउँपालिका–१ का वडा अध्यक्ष ४६ वर्षीय रामसुरेश राय र आरोपित पक्षले साउन २१ गते दबाब समेत दिएको पीडितको आरोप रहेको छ ।
पीडितको उपचार साउन १५ गते देखि १७ गते सम्म सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भयो । साथै उनको घाउ जाँच पुनः साउन २५ गते सर्लाही जिल्ला अस्पतालमा भयो । घटना बारे अनुसन्धान गरी दोषी उपर कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलास राईले जानकारी दिनु भयो ।