• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पद्म नर्सिङ्ग होम र जयलक्ष्मी सहकारी बिच सम्झौता


  •    अभियान हाम्रो/ शनिबार, साउन २७, २०८०  

  • पोखरा,साउन । पद्म नर्सिङ्ग होम प्रा.लि.ले जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा– ११ रानीपौवामा प्रधान कार्यलय रहेको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो ।

    दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पद्म नर्सिङ्ग होम प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुसिल केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौता अनुसार नर्सिङ्ग होमले सहकारीका शेयर सदस्यहरुलाई बहिरंग (ओपिडी) सेवा बाहेकका अन्य उपलब्ध सेवाहरुमा २० प्रतिशत र ओैषधीमा ५ प्रतिशत छुट दिने पद्म नर्सिङ्ग प्रा.लि. सहायक ब्यवस्थाक नरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सेवा प्राप्त गर्नका लागि सहकारीको सेयर सदस्य भएको आधिकारिक प्रमाण पत्र पेस गर्नु पर्र्नेे छ । सम्झौतालाई आवश्यकता अनुसार परिमार्जित गरेर हरेक बर्ष नवीकरण गर्न सकिने नर्सिङ्ग होमले जनाएको छ ।

    सम्झौतामा हस्ताक्षर गर्दै नर्सिङ्ग होमका प्रबन्ध निर्देशक बास्तोलाले आफ्नो संस्था नाफा मुलक मात्रै नभई सेवा भावलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको बताउनुभयो । आफुहरुको परिवारको सदस्यको रुपमा जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.थपिएको र आगमी दिनमा छुट सुबिधालाई थप गर्दै लगिने प्रतिबद्धता पनि उहाँ व्यक्त गर्नुभयो ।

    सहकारीका प्रमुख कार्यकारी अधिकृत केसीले आफ्नो संस्थासँग नर्सिङ्ग होमले सहकार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै दुबै संस्था बिचको सम्झौताले एक आपसमा ब्यवसाय प्रबर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो । पद्म नर्सिङ्ग होमले यस अगाडी पोखरा –२६ मा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि. सँग पनि यस्तै सम्झौता गरेको थियो ।

    बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको थियो । हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु, एक्सरे, भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगायतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.