• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भारतले पास गर्यो खराब डिजिटल डेटा प्रोटेक्सन ऐन


  •    संवाददाता/ शुक्रबार, साउन २६, २०८०  

  • ९ अगस्ट भारतका लागि एउटा ऐतिहासिक दिन बन्यो। यो यस अर्थमा कि भारतको माथिल्लो सदन राज्यसभाले डिजिट पर्सनल डेटा प्रोटेक्सन ऐन पास गरेको छ। तर यो विधेयक सर्वाधिक खराब भएको टीकाटिप्पणी हुन थालेका छन्। कतिपयले उक्त दिनलाई सरकारले लाखौँको अधिकार खोस्ने दिनमा रुपमा सम्झिने बताउन थालेका छन्।

    गोपनीयता संरक्षण गर्ने उद्देश्यविपरीत यो ऐनले मौलिक अधिकारलाई फाइदाभन्दा बढी नोक्सानि पुग्ने बताइएको छ। यो ऐन राष्ट्रपतिले स्वीकृत गरेपछि भारतमा डेटा संरक्षण ऐन लागू हुने र यसले सरकारलाई सेन्सरसिपसहित सूचना र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई खतरामा पारी निर्बाध शक्ति प्रदान गर्ने छ।

    भातरले डेटा संरक्षण ऐन ल्याउन कोसिस गरेको करिब एक दशक भइसकेको छ। ६ वर्षअघि भारतकै सर्वोच्च अदालतको ऐतिहासिक निर्णयपछि पनि ऐनका कमीकमजोरी र नागरिक समाजसँगको परमर्शलाई बेवास्ता गरिएको बताइएको छ। अब लागू हुने ऐनमार्फत व्यक्तिगत डेटलाई कानुनी शून्यताभन्दा बढी जोखिममा पार्नेछ। ‘थप परामर्शका लागि आह्वान र निगरानी सुधारलाई सम्बोधन गर्ने अनुरोधबीच सरकारले हतारहतार गरी पास गर्नुले लोकतन्त्र र जनताकै अपमान हो,’ एसिया प्यासिफिक पोलिसी एक्सेस नाउका निर्देशक रमानजित सिंह चिमाको भनाइ छ।

    थोरै मात्र सांसदको सहभागितामा पास भएको ऐनमा नागरिक समाजले असन्तुष्टि जताए पनि कुनै ठोस संशोधन भने छैन। ‘भारतको डेटा संरक्षण ऐन हालकै रुपमा पारित हुनु गुमेको अवसर पनि हो। यो ऐन खराब छ,’ एक्सेस नाउका एसिया प्रशान्त क्षेत्रका परमर्शदाता नम्रता माहेश्वरी भन्नुहुन्छ, ‘भारतीय सीमापार डेटा पुग्ने र त्यसको सम्भावित क्षतिसँगै सबैको आँखा अधिकार र सीमापार डेटा प्रवाहको अनिश्चिततामा हुने क्षति कम गर्न कानुन कसरी विकसित हुन्छ भन्नेमा हुनेछ।’

    अधिकार सम्मानको विकास र ऐन कार्यान्वयन सुनिश्चित गर्ने सबै ढोका भारतका नागरिकलाई खुला गर्नुपर्ने माहेश्वरीको भनाइ छ।

    भारतले विधेयक पारित गरेर ‘ग्लोबल लिडर’ बन्ने अवसर अस्वीकार गरेको छ। साथै डिजिटल अर्थतन्त्र र डिजिटल सार्वजनिक पूर्वाधारको वृद्धिलाई पूरा गर्ने विश्वस्तरीय डेटा संरक्षण कानुन स्थापित गरी जनताको अधिकारलाई कमजोर पार्ने, डिजिटल स्पेसमा भारतको चित्रित नेतृत्वलाई जोखिममा पार्नेलगायतका काम गरी नराम्रो उदाहरण स्थापित गरेको बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.