• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक वर्षमा १ सय ३२ महिला तथा बालबालिका हराएको उजुरी प्रहरीमा दर्ता

"गुल्मीमा सामाजिक सञ्जाल दुरुपयोगका कारण महिला तथा बालबालिकाहरूले घर छाड्ने क्रम बढ्दै गएको छ । जिल्लामा एक वर्षमा १ सय ३२ महिला तथा बालबालिका हराएको उजुरी प्रहरीमा दर्ता "

  •     अभियान हाम्रो/ बिहिबार, साउन २५, २०८०  

  • गुल्मीमा सामाजिक सञ्जाल दुरुपयोगका कारण महिला तथा बालबालिकाहरूले घर छाड्ने क्रम बढ्दै गएको छ । जिल्लामा एक वर्षमा १ सय ३२ महिला तथा बालबालिका हराएको उजुरी प्रहरीमा दर्ता भएका छन् ।

    मालिका गाउँपालिकाका १४ र १५ वर्षीया दुई बालिकाले २१ वर्षीय युवकसँग फेसबुकमा चिनजान गरेको कारण साउन २१ गते घर छाडेर हिडे । छोरीहरू लामो समय सम्पर्कमा नआएपछि आफन्तले साउन २१ गतेनै खोजतलास गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए ।  उजुरी दिएकै दिन परिवार र प्रहरीले खोज्दै जाँदा साउन २२ गते रेसुंगा नगरपालिका– ९ उपल्लो तम्घासमा फेला परे ।

    चन्द्रकोट गाउँपालिकाकी १४ वर्षीया बालिका ५० वर्षीय भारतीय नागरिकसँग वैशाख ३ गते घर छाडेर जानु भयो । परिवारले वैशाख ५ गते प्रहरी चौकी, मजुवामा हुलियासहित उजुरी दर्ता गराए । खोज्दै जाँदा कपिलवस्तुको तौलिहवाबाट बालिकाको उद्धार गरेर अभिभावको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    क्याम्पस पढ्न घरबाट हिडेकी रेसुंगा नगरपालिकाकी १७ वर्षीया बालिका एक युवकसँग बुटवल जादै गर्दा जेठ १८ गते गुल्मी दरवार गाउँपालिका– ३ को गौडाकोटमा फेला परिन ।  रेसुंगा नगरपालिकाकै १६ बर्षीया बालिकाको भारतमा एक युवकसँग फेसबुकमा चिनजान थियो । युवकले बालिकालाई पैसा पठाएर भारत बोलाए । बालिकाले साउन २ गते घर छाडिन् । परिवारको सूचनाको आधारमा प्रहरीले खोज्दै जाँदा भारतीय नाकामा शान्ति पुर्नस्थापना गृहबाट बालिकालाई उद्धार गरेर  अभिभावकलाई बुझाइएको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

    उल्लेखित घटना प्रतिनिधिमूलक घटना हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा १ सय ३२ जना महिला तथा बालबालिका हराएका छन् । त्यसमा ३६ जना बालिका र १० बालक छन् । महिला ८५ जना र ज्येष्ठ नागरिक महिलाको एक जना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक बर्ष ०७७/०७८ मा महिला ३५ जना, बालक तीन जना, बालिका आठ र वृद्ध दुई जना गरी ४८ जना हराएका छन् । जसमध्ये महिला २६, बालक दुई बालिका आठ र वृद्धा दुई जना फेला परेका छन् भने १० जना फेला परेनन् ।

    यसैगरी,  आर्थिक बर्ष ०७६/०७७ मा १ सय ३० जना महिला,  १९ जना बालक,  ३३ जना बालिका र वृद्ध तीन जना हराएका थिए । ९० जना महिला,१७ जना बालक, ३१ जना बालिका र तीन जना वृद्ध फेला परे भने ४४ जना फेला नपरेको प्रहरीको तथ्याङ् रहेको छ  ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेयले प्रहरी, परिवार र आफन्तहरू मार्फत हराएका महिला तथा बालिकाहरू फेला पर्ने गरेको बताउनु भयो । कसैलाई भाग्दै गर्दा यात्राकै क्रममा फेला पार्ने र केही होटल तथा बसपार्कहरूमा फेला पर्ने गरेको पाण्डेयले जानकारी दिनुभयो ।

    पाण्डेयका अनुसार परिवारले हराएकाहरूलाई फेला परेको सूचना नदिने, अन्तर जातीय विवाह भएको अवस्थामा पनि कसैलाई नभन्ने र केहीको मृत्यु पनि हुने भएकाले थोरै सङ्ख्यामा फेला नपर्नेहरू पनि रहेका छन् ।

    स्वार्थ समूह वा व्यक्तिले सामाजिक सञ्जाल मार्फत बालिका तथा महिलाहरूलाई साथी बनाउने, मोवाइल व्यालेन्स पठाउने, भेट्न लगाउने, अडियो/भिडियो मनोरञ्जन गराउने, शरीरका अंग देखाउन लगाउने र पछि उक्त अडियो वा भिडियो देखाएर ब्ल्याकमेल गरेर अपराध समेत हुने गरेको डिएसपी पाण्डेले बताउनु भयो ।

    स्थानीय सरकार आर्थिक समाजिक बिषयहरूको सवलीकरण भन्दा भौतिक पुर्वाधार निर्माणमा केन्द्रित छन् । यस्ता बिषय ओझेलमा परिरहेको नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयले बताउनु भयो ।

    समूदाय स्तरमा बढ्दै गएका समस्याको बारेमा सचेत हुदै  परिवार, समुदाय र स्थानीय सरकार समयमै सचेत नभए भोली ठुलो दुर्घटनाको सामना गर्नुपर्ने भएकाले प्रहरीसँगको साझेदारीमा अभियानहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

    जिल्ला प्रहरी कार्यालय एसपी नविनकिशोर प्रधानले जिल्लामा बालिकाहरू घर छोडेर हिड्ने क्रम बढ्दै गएकाले सबैभन्दा पहिला परिवार सचेत र जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उहाँले आफ्ना छोराछोरीको निगरानी परिवारले गर्ने, फरक व्यक्तिहरू समूदाय वा होटल तथा सार्बजनिक स्थानमा भेटिए निगरानी गर्ने र समयमै प्रहरीलाई सूचना उपलब्ध गराउन एसपी प्रधानले आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.