~आकाश अधिकारी-तनहुँ
कहिले सम्म लिनुपर्ने यो देशको पिर
चाहे खसोस् निलो आकाश झुक्दैन यो शिर
कहिले सम्म……!!
घाम जून हत्केलाले कहाँ छेकिन्छ र?
वीरताको इतिहास कहिले मेटिन्छ र?
स्वाभिमान डगमगाउँदा लाग्ने गर्छ पिर
चन्द्र,सूर्य रहेसम्म झुक्दैन यो शिर
कहिले सम्म……!!
रगत र पसिना यही माटोमा बगाउँछु
देशद्रोही पिपा्सुलाई सिमा कटाउँ छु
तराई,पहाड,हिमालको किन लाग्छ
पिर
सगरमाथामा रहुँन्जेल झुक्दैन यो शिर
कहिले सम्म…..!!







