• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरू आन्दोलित


  •    संवाददाता/ बिहिबार, साउन २५, २०८०  

  • प्रहरी, प्रशासनबाट सिर्जना गरिएको आतङ्कित वातावरण विरुद्ध प्रेस स्वतन्त्रताको खोजी गर्दै साउन २४ गते रातिदेखि सप्तरीका पत्रकारहरू आन्दोलित भएका छन् ।

    लोकतन्त्रको सबैजसो आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको प्रेसले असुरक्षा महसुस गरेपछि प्रेस स्वतन्त्रताको खोजी गर्दै मैनबत्ती बालेर विरोध सुरु गरेका हुन् ।

    प्रेस स्वतन्त्रता विरोधी गतिविधि मान्न नसकिने भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको साउन २४ गतेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालयभित्र साउन १५ गते नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलको संवेदनशील अङ्गमा असई राजेश्वर महतोले बुटले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेका थिए । उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ ।

    यस्तै समाचार सङ्कलनमा गएका पत्रकारहरू बृजमान तामाङ र डम्बर राइलाई साउन २१ गते जिल्ला प्रशासन कार्यालय प्रवेशमा रोक लगाइएको थियो । पत्रकारहरूमाथि एक पछि अर्को आक्रमण, दुर्व्यवहार र निषेध गर्दै आएको जिल्ला प्रशासन कार्यालयले साउन २३ गतेको मिति राखेर साउन २४ गते अनुमति बिना कार्यालय भित्रको तस्विर, भिडिओ खिचेर सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिकामा राखे कारबाही गर्ने उर्दी जारी गरेको छ । सो उर्दी साउन २४ गते राति ८ बजेसम्म फिर्ता नलिएकोले चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी दिनुभयो ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन, निमोठन र पत्रकारहरूलाई तर्साउन खोजिएकोले प्रेस स्वतन्त्रता र स्वायत्तताको संरक्षणका लागि पत्रकारहरू आन्दोलित भएको महासंघ सप्तरीका उपाध्यक्ष बैद्यनाथ यादवले बताउनु भयो ।

    पोखरेलमाथि भएको आक्रमणविरुद्ध इन्सेक, नेपाल पत्रकार महासंघ, ६ राजनीतिक दललगायत दर्जनौ संघ–सस्थाले घोर भत्सर्ना र निन्दा गर्दै दोषीहरूमाथि कडा कारबाहीको माँग गर्दै आएको छ । पोखरेलमाथि आक्रमण गर्नेमाथि कडा कारबाही नभएसम्म एसपी संरक्षक रहेकै सामुदायिक सेवा केन्द्र सप्तरीले समेत प्रहरीको कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने र कार्यक्रम समेत नगर्ने निर्णय घटनालगत्तै सार्वजनिक गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.