• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हराएका १ सय ६९ मानिस अझै फेला परेनन्

"हराउनेमा महिला र बालबालिका धेरै "

  •    संवाददाता/ बिहिबार, साउन २५, २०८०  

  • नवलपरासी पूर्व नवलपुरमा ६ वर्षमा हराएका मध्ये १ सय ६९ मानिस अझै फेला पर्न सकेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क अनुसार विगत ६ वर्षको अवधिमा जिल्लामा १ हजार ८ सय ५८ मानिस हराएका थिए । जसमध्ये गत असार मसान्त सम्ममा १ हजार ६ सय ८९ मानिस फेला परेको भएपनि अझै १ सय ६९ जना मानिस भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

    प्रहरी उपरीक्षक तिवारीका अनुसार जिल्ला प्रहरी कार्यालयमा हराएको भनेर निवेदन आएका मध्ये आर्थिक वर्ष २०७४/०७५ देखि यता ६ वर्षको अवधिमा १ सय ६९ अझै फेला पर्न सकेका छैनन् । घरपरिवारले हराएका भनेर निवेदन दिएकाहरुमा कतिपय आफैं परिवारको सम्पर्कमा आउने र केही प्रहरीको संक्रियतामा खोजी गर्ने गरिएको छ । तर अझै पनि आफुँहरुको तथ्याङ्कमा १ सय ६९ जना हराएकै अवस्थामा देखिएको उहाँले बताउनुभयो ।

    ‘उनिहरु कतिपय परिवारको सम्पर्कमा आएर पनि हामीकहाँ फेला परेको सूचना नदिएको हुन पनि सक्छ, केही अझै अज्ञात रहेको हुन पनि सक्छ’ प्रहरी उपरिक्षक तिवारीले भन्नुभयो ।

    हराएका मानिसको अवस्था पत्ता लगाउन अहिले सम्बन्धीत परिवारहरुलाई भेट्ने र यकिन गर्ने काम चलिरहेको उहाँको भनाई छ । कतिपयले घर सम्पर्कमा आएपनि प्रहरीलाई सूचना नदिँदा हराएको संख्या धेरै देखिने अवस्था हुने गरेकाले अहिले घर परिवार सम्पर्कमा नआएपनि आफूँहरुले खोज्ने र परिवारलाई भेट्ने काम गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

    प्रहरीको तथ्याङ्क अनुसार गएको ६ वर्षमा २ सय ९० पुरुष, १ हजार १ सय ३९ महिला, १ सय १० बालक र ३ सय १९ बालिका हराएका थिए । जस मध्ये २ सय ५० पुरुष, १ हजार ३८ महिला, १ सय ६ बालक र २ सय ९५ बालिका फेला परेका छन् । ४० जना पुरुष, १ सय १ जना महिला , ४ जना बालक र २४ जना बालिका अझै फेला परेका छैनन् ।

    फेला पर्न बाँकी रहेको सँंख्या महिला, बालबालिकाको धेरै रहेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । हराएका भनिएका व्यक्तिको खोजतलासको काम र परिवारबाट अवस्था एकिन गर्ने काम जारी रहेको उहाँको भनाई रहेको छ । फेला पर्न बाँकी रहेका मध्ये गत आर्थिक वर्षको मात्रै हराएका ३ सय ८९ मध्ये अरु फेला परेको र ६७ जना फेला पर्न बाँकी रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.