• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हराएका १ सय ६९ मानिस अझै फेला परेनन्

"हराउनेमा महिला र बालबालिका धेरै "

  •    संवाददाता/ बिहिबार, साउन २५, २०८०  

  • नवलपरासी पूर्व नवलपुरमा ६ वर्षमा हराएका मध्ये १ सय ६९ मानिस अझै फेला पर्न सकेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क अनुसार विगत ६ वर्षको अवधिमा जिल्लामा १ हजार ८ सय ५८ मानिस हराएका थिए । जसमध्ये गत असार मसान्त सम्ममा १ हजार ६ सय ८९ मानिस फेला परेको भएपनि अझै १ सय ६९ जना मानिस भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

    प्रहरी उपरीक्षक तिवारीका अनुसार जिल्ला प्रहरी कार्यालयमा हराएको भनेर निवेदन आएका मध्ये आर्थिक वर्ष २०७४/०७५ देखि यता ६ वर्षको अवधिमा १ सय ६९ अझै फेला पर्न सकेका छैनन् । घरपरिवारले हराएका भनेर निवेदन दिएकाहरुमा कतिपय आफैं परिवारको सम्पर्कमा आउने र केही प्रहरीको संक्रियतामा खोजी गर्ने गरिएको छ । तर अझै पनि आफुँहरुको तथ्याङ्कमा १ सय ६९ जना हराएकै अवस्थामा देखिएको उहाँले बताउनुभयो ।

    ‘उनिहरु कतिपय परिवारको सम्पर्कमा आएर पनि हामीकहाँ फेला परेको सूचना नदिएको हुन पनि सक्छ, केही अझै अज्ञात रहेको हुन पनि सक्छ’ प्रहरी उपरिक्षक तिवारीले भन्नुभयो ।

    हराएका मानिसको अवस्था पत्ता लगाउन अहिले सम्बन्धीत परिवारहरुलाई भेट्ने र यकिन गर्ने काम चलिरहेको उहाँको भनाई छ । कतिपयले घर सम्पर्कमा आएपनि प्रहरीलाई सूचना नदिँदा हराएको संख्या धेरै देखिने अवस्था हुने गरेकाले अहिले घर परिवार सम्पर्कमा नआएपनि आफूँहरुले खोज्ने र परिवारलाई भेट्ने काम गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

    प्रहरीको तथ्याङ्क अनुसार गएको ६ वर्षमा २ सय ९० पुरुष, १ हजार १ सय ३९ महिला, १ सय १० बालक र ३ सय १९ बालिका हराएका थिए । जस मध्ये २ सय ५० पुरुष, १ हजार ३८ महिला, १ सय ६ बालक र २ सय ९५ बालिका फेला परेका छन् । ४० जना पुरुष, १ सय १ जना महिला , ४ जना बालक र २४ जना बालिका अझै फेला परेका छैनन् ।

    फेला पर्न बाँकी रहेको सँंख्या महिला, बालबालिकाको धेरै रहेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । हराएका भनिएका व्यक्तिको खोजतलासको काम र परिवारबाट अवस्था एकिन गर्ने काम जारी रहेको उहाँको भनाई रहेको छ । फेला पर्न बाँकी रहेका मध्ये गत आर्थिक वर्षको मात्रै हराएका ३ सय ८९ मध्ये अरु फेला परेको र ६७ जना फेला पर्न बाँकी रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.