• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मन्त्री र सचिवको निर्देशनमा अत्यावश्यक स्वास्थ्य उपकरण खरिदको बजेट ऐनविपरीत रकमान्तर


  •    संवाददाता/ बिहिबार, साउन २५, २०८०  

  • मन्त्री तथा सचिवको निर्देशमा अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गर्न छुट्ट्याएको बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको पाइएको छ। मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि सिटी स्क्यान मेसिन खरिद गर्न रातो किताबमा समावेश बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको खुलासा भएको हो।

    उपकरण खरिदका लागि छुट्टाइएको ४ करोड रुपैयाँमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् २ करोड २८ लाख रुपैँया ऐनविपरीत रकमान्तर गरिएको हो। ऐनअनुसार कुल बजेटको १० प्रतिशत भन्दा बढी रकमान्तर गर्न पाइँदैन।

    मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले आर्थिक वर्ष २०७९/०८० मा सिटी स्क्यान मेसिन खरिदका ४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो।

    कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङलाई उपकरण खरिद गर्न ४ करोड रुपैयाँ बजेट निकासासमेत भएको थियो। तर व्यवस्थापन केन्द्रले सिटी स्क्यान मेसिनको सट्टा एम्बुलेन्स र शववाहनका लागि बदमासीपूर्ण ढंगले सो रकम खर्च गरेको छ। जसका कारण ट्रमा सेन्टरका लागि चालू आवमा खरिद गर्ने भनिएको सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया नै रोकिएको छ।

    केन्द्रले छुट्ट्याएको रकममध्ये २ करोड २८ लाख रुपैयाँ एम्बुलेन्स र शववाहन खरिदको भुक्तानी दिएको हो। जसमा तत्कालीन स्वास्थ्यमन्त्री निमर्ला लिम्बू र स्वास्थ्य सचिव डा. अनुज भट्टचनसमेतले बजेट रकमान्तर गर्न स्वीकृति दिएको देखिन्छ।

    मन्त्री लिम्बू, स्वास्थ्य सचिव भट्टचन र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङका कार्यालय प्रमुख शम्भु साहको पालामा सिटी स्क्यान मेसिन खरिदको रकम फरक शीर्षकमा खर्च भएको छ। हाल मन्त्री लिम्बू सरकारमा सामेल हुनुहुन्न। यस्तै सचिव भट्टचन र कार्यालय प्रमुख साह पनि त्यहाँबाट सरुवा भइसक्नुभएको छ।

    साहले गत पुस १३ गते अघिल्लो आर्थिक वर्षमा खरिद गरेका पाँच वटा एम्बुलेन्स र दुई वटा शववाहन खरिदको भुक्तानी चालू आवमा दायित्व सरेर आएकोमा स्वास्थ्य उपकरण खरिदको बजेटबाट दायित्व सरेर आएको शीर्षकमा भुक्तानी दिनुभएको थियो। कार्यालय प्रमुख साह हाल प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत हुनुहुन्छ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङले आर्थिक वर्ष २०७८/८९ मा पाँच वटा एम्बुलेन्स र दुई वटा शववहान खरिद गरेको थियो। कार्यालयले अघिल्लो आवको एम्बुलेस र शववाहन खरिदको बिल असार २४ गते पठाएको थियो, जसका कारण भुक्तानी रोकिन पुगेको थियो।

    स्वास्थ्य मन्त्रालयको खाता बन्द भएपछि र बिल भुक्तानी रोकिएपछि कार्यालयले एम्बुलेन्स र शव बहान खरिदबापतको भुक्तानी गर्नुपर्नेे २ करोड २८ लाख रुपैयाँको दायित्व सरेर चालू आवमा आएको थियो। सो रकम उपकरण खरिदको बजेटबाट कार्यालयले भुक्तानी गरेको हो।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङका प्रमुख डा. वीरेन्द्रकुमार मण्डलले अघिल्लो आर्थिक वर्षको दायित्व सरेर आएको रकम भुक्तानी पाइएको बताउनुभयो। ‘रातो किताबमा प्रष्ट रूपमा समावेश कार्यक्रमको बजेट गैरशीर्षकमा खर्च गरेको देखिन्छ,’ मण्डलले भन्नुभयो, ‘यो कसरी सम्भव भयो, मलाई थाहा भएन। यो खर्च गर्ने विधि र प्रक्रिया गलत भएको देखिन्छ।’

    आफू आउनुभन्दा पहिले नै भुक्तानी भएकाले यस विषयमा आफूले जवाफ दिन नसक्ने पनि उहाँले बताउनुभयो।

    डा. मण्डलका अनुसार स्वास्थ्य उपकरण खरिदका लागि ४ करोड रुपैयाँ रातो किताबमा उल्लेखित शीर्षकअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालयको कार्यक्रम निर्देशिकामा पनि उल्लेख गरेको पाइएको बताउनुभयो। ‘सोहीअनुसार युरोप, अमेरिका या जापानमा बनेको १२८ /७४ स्लाइन्स सिटी स्क्यान मेसिन खरिदार्थ ७ करोड ८३ लाख रुपैयाँ भ्याटसहितको लागत स्टिमेट गरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘तर कुल ४ करोड रुपैयाँमध्ये २ करोड २८ लाख रुपैयाँ गैरशीर्षकमा भुक्तानी गरिएपछि मेसिन खरिदका लागि छुट्ट्याइएको १ करोड ९१ लाख र पछि स्वास्थ्य मन्त्रालयबाट थप १ करोड ५० लाख गरी कुल ३ करोड ४१ हजार रुपैयाँ बजेट फ्रिज भएको छ।’

    कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले पनि उपकरण खरिदको रकम गैरशीर्षकमा गलत तरिकाले भुक्तानी दिइएको देखिएको बताउनुभयो। ‘मन्त्रालयले के कति कारणले गैरकानुनी ढंगबाट गैरशीर्षकमा बजेट भुक्तानी गरेको हो स्पष्ट जवाफ पठाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ,’ देवकोटाले भन्नुभयो।

    मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले प्रदेश सरकारले एक वर्षअघि नै उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि सो उपलब्ध नहुँदा ट्रमाको उपचार सेवामा समस्या हुने गरेको बताउनुभयो।

    तत्कालीन प्रदेश १ सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारमातहत ल्याउने निर्णय गरेको थियो। सोहीअनुसार अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाइएको थियो। तर, अहिले पनि साविक १५ शय्याको अस्पतालका जनशक्तिबाटै स्वास्थ्य सेवा सञ्चालनमा छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.