• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह


  •    संवाददाता/ बुधबार, साउन २४, २०८०  

  • राष्ट्रिय मानव अधिकार आयोगले झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।

    आयोगका प्रवक्ता टिकाराम पोखरेलले ०८० साउन २३ गते एक विज्ञप्ति जारी गर्दै श्रमिक श्रम ऐन तथा नियमावलीबमोजिम न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा नपाएको भन्दै असार ३१ गतेदेखि आन्दोलित भइरहेका झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    आयोगको विज्ञप्तिमा चिया बगानका श्रमिकले न्यूनतम पारिश्रमिक एवम् सामाजिक सुरक्षा कोष ऐन, २०७४ अनुसार पाउनुपर्ने सेवा-सुविधा पाउन नसकेको, करिब ८० प्रतिशत महिला श्रमिक कार्यरत रहेकोमा प्रचलित कानुन अनुसारको सुत्केरी बिदा नपाएको, गाँस, वास, कपास, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यको उपयुक्त प्रबन्ध नरहेको, रोजगारदाताले तलब, भत्तालगायतका सेवा-सुविधा समयमा उपलब्ध नगराएको, विषादीका कारण श्रमिकहरू दीर्घरोगी बन्नु परेको, दुई/दुई वर्षमा पुनरावलोकन भई तलब वृद्धि हुनुपर्नेमा नभएको र सेवानिवृत्त श्रमिकले पाउनुपर्ने सेवासुविधा नपाएको उल्लेख छ ।

    विज्ञप्तिमार्फत आयोगले श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरावलोकन गर्न, पेशागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा चिया बगानका श्रमिकलाई आबद्ध गर्न, उपदानवापत श्रमिकले पाउने रकम समयमै उपलब्ध गराउने व्यवस्था गर्न र वार्ताको माध्यमबाट आन्दोलनरत श्रमिकका उचित माग तत्काल सम्बोधनका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

    नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था रहेको, श्रम ऐन, २०७४ ले रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, सामाजिक सुरक्षाको व्यवस्था, साप्ताहिक, सार्वजनिक, सट्टा, घर, बिरामी, प्रसूति, किरियालगायतका बिदाको व्यवस्था गरेको र सञ्चय कोष, उपदान, औषधि-उपचार, बिमा, दुर्घटना बिमा, व्यवसायजन्य सुरक्षा, आश्रित परिवारलाई आवासको प्रबन्ध, निःशुल्क प्राथमिक उपचारलगायतका व्यवस्था पनि श्रम ऐन, २०७४ ले गरेको कुरालाई आयोगले स्मरण समेत गराएको छ ।

    त्यस्तै नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले व्यक्तिको काम गर्ने अधिकार, न्यूनतम पारिश्रमिक, विश्राम, फुर्सद तथा कार्य घन्टाको उचित सीमाङ्कन, वृत्तिविकासको अधिकार, ट्रेड युनियन खोल्नेलगायतका अधिकारहरू समेटिएका छन् ।

    चिया बगानमा कार्यरत श्रमिक विभिन्न माग राखी असार ३१ गतेबाट झापामा आन्दोलित छन् । आयोगले पर्याप्त कानुनहरू भएपनि कार्यान्वयनमा सम्बन्धित पक्ष संवेदनशील हुन नसक्दा चिया बगानमा कार्यरत श्रमिकले लामो समयदेखि समस्या झेल्दै आएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.