१६ वर्षीया बालिकालाई भारतको पञ्जाबबाट उद्धार गरि साउन २३ गते नेपाल ल्याइएको छ ।
घरमा कुनै जानकारी नदिइ रोजगारीको प्रलोभनमा परेर ०७९ मङ्सिरमा पञ्जाव पुगेकी कञ्चनपुर जिल्लाकाकी बालिकाको शान्ति पुनःस्थापना गृहका संयोजनमा उद्धार गरी साउन २४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।
भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा लुधियानाको एक होटलमा काम गर्दै गरेको अवस्थामा उनलाई उद्धार गरिएको संयोजक बसन्ती जिसीले जानकारी दिनु भयो ।
मङ्सिरमा घरबाट हराएकी भनिएकी बालिका ०८० जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएकी थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले बालिकालाई घर फर्काउन बिभिन्न संघ संस्थालाई आग्रह गरेको थियो ।
बालिकालाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको र बालिका के कसरी भारतमा पुगिन भन्ने बिषयबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।