चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर सकिएपछि बाटो दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दा घण्टौँसम्म यात्रु जाममा पर्ने गरेका छन् ।







