• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निरन्तरको वर्षापछि आएको बढीले बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा

"बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  • काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार निरन्तरको वर्षापछि आएको बढीले बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा परेका छन् । विष्णुमति नदि र सामाखुसी खोलामा आएको बाढीले दीपज्योति क्षेत्र र रानीबारी क्षेत्रका निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । त्यस्तै रुद्रमती नदीमा आएको बाढीले कपन र अनामनगर क्षेत्रका घर र पसलमा पसेर क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । डिएसपी ढुंगेलका अनुसार बागमती नदीमा आएको बाढीका कारण सिनामङ्गल, थापाथली, कुलेश्वर र बल्खुका सुकुम्बासी बस्ती र तरकारी बजारमा पस्दा लत्ताकपडा, भाँडा र व्यापारीको तरकारी बगाएको छ । डिएसपी ढुंगेलले बाढीका कारण अहिलेसम्म मानवीय क्षति नभएको र प्रहरीले भौतिक क्षतिको विवरण सङ्कलन गरिरहेको बताउनु भयो ।

    Photo_080-4-23_Kathmandu

    अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लामा रहेको हनुमन्ते खोलामा आएको बाढीका कारण हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल क्षेत्र डुबानमा परेका हुन् । वर्षापछि आएको पहिरोका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका-१ मा रहेको वीरबहादुर केसीको चार कोठे घर भत्किएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार घर पछाडिको ढिस्को खस्दा जस्ताको छानो भएको एक तले घर पूर्णरुपमा क्षति भएको हो । डिएसपी पाठकका अनुसार प्रहरीले भक्तपुर नगरपालिका-४ स्तिथ राम मन्दिरमा बस्दै आएका ८२ वर्षीय भोजराज खरेल (महाराज हरिदाष), ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्दार गरेको छ । डिएसपी पाठकका अनुसार जिल्लामा मानवीय क्षति भने भएको छैन ।त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार बाढीले ललितपुरमा तुलनात्मक रुपमा कम असर गरेको छ । मनोहरण अनादिमा आएको बाढीका कारण च्यासल रङ्गशाला क्षेत्रमा डुबान परेपनि अन्यत्र असर नरहेको शाहले इन्सेकलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.