• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निरन्तरको वर्षापछि आएको बढीले बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा

"बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  • काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार निरन्तरको वर्षापछि आएको बढीले बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा परेका छन् । विष्णुमति नदि र सामाखुसी खोलामा आएको बाढीले दीपज्योति क्षेत्र र रानीबारी क्षेत्रका निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । त्यस्तै रुद्रमती नदीमा आएको बाढीले कपन र अनामनगर क्षेत्रका घर र पसलमा पसेर क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । डिएसपी ढुंगेलका अनुसार बागमती नदीमा आएको बाढीका कारण सिनामङ्गल, थापाथली, कुलेश्वर र बल्खुका सुकुम्बासी बस्ती र तरकारी बजारमा पस्दा लत्ताकपडा, भाँडा र व्यापारीको तरकारी बगाएको छ । डिएसपी ढुंगेलले बाढीका कारण अहिलेसम्म मानवीय क्षति नभएको र प्रहरीले भौतिक क्षतिको विवरण सङ्कलन गरिरहेको बताउनु भयो ।

    Photo_080-4-23_Kathmandu

    अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लामा रहेको हनुमन्ते खोलामा आएको बाढीका कारण हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल क्षेत्र डुबानमा परेका हुन् । वर्षापछि आएको पहिरोका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका-१ मा रहेको वीरबहादुर केसीको चार कोठे घर भत्किएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार घर पछाडिको ढिस्को खस्दा जस्ताको छानो भएको एक तले घर पूर्णरुपमा क्षति भएको हो । डिएसपी पाठकका अनुसार प्रहरीले भक्तपुर नगरपालिका-४ स्तिथ राम मन्दिरमा बस्दै आएका ८२ वर्षीय भोजराज खरेल (महाराज हरिदाष), ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्दार गरेको छ । डिएसपी पाठकका अनुसार जिल्लामा मानवीय क्षति भने भएको छैन ।त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार बाढीले ललितपुरमा तुलनात्मक रुपमा कम असर गरेको छ । मनोहरण अनादिमा आएको बाढीका कारण च्यासल रङ्गशाला क्षेत्रमा डुबान परेपनि अन्यत्र असर नरहेको शाहले इन्सेकलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.