• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पलबीसा, भन्थला, पस्ती र न्वाला स्थानीय कुवाको दुषित पानी पिउन बाध्य

"मालिकार्जुन गाउँपालिका–८ शंकरपुरका झण्डै ३५ परिवार अहिले पनि कुवाको दुषित पानी पिउन बाध्य "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  • मालिकार्जुन गाउँपालिका–८ शंकरपुरका झण्डै ३५ परिवार अहिले पनि कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । पलबीसा, भन्थला, पस्ती र न्वाला क्षेत्रका स्थानीय कुवाको दुषित पानी पिउन बाध्य छन् ।

    गाउँमा वर्षौदेखि पिउने पानीको अभाव हुँदा स्थानीयहरु कुवाको पानी पिउन बाध्य भएको मालिकार्जुन गाउँपालिका–८ का गणेशदत्त पन्तले बताउनु भयो । ‘फोहोर पानी भए पनि गाउँ नजिकको मुहान यही हो,’ उहाँले भन्नु भयो, ‘पानी फिल्टर गरेर खान केही छैन् ।’ सबै गाउँले यही कुवामा पानी जम्मा गरेर खाने गरेका छौ ।’ स्थानीय शान्ति पन्तले भन्नु भयो, ‘गाउँमा खानेपानी योजना नै आएन्, । पानी नआउँदा यही कुवाबाट पानी निकालेर खानुपर्छ ।’ विगतमा यो कुवामा समेत पानी अभाव हुने गरेको थियो । अहिले थोरै भए पनि संरक्षण गरेर पानी जम्मा हुने भएको छ । कुवा वरिपरि फोहोर सफा गरे पनि पानी अझै खान योग्य छैन् । चालू आर्थिक वर्षमा भू–जलाधार तथा संरक्षण कार्यालयले यो वर्ष मुहान संरक्षणको लागि ६ लाख बजेट दिएर केही सुधार ल्याएको उहाँले बताउनुभयो ।

    परम्परागत रुपमा प्रयोग हुँदै आएको कुवालाई संरक्षण गरेर स्थानीयले पानीको श्रोत जुटाएका छन् । गाईभैसीको लागि पनि कुवाबाटै पानी बोकेर खुवाउनुपरेको छ । दुषित पानी छ भन्ने जानकारी भए पनि अर्को विकल्प नहुँदा कुवाकै पानी खानुपरेको र दुषित पानीकै कारण स्वास्थ्यसम्बन्धी समस्याहरु स्थानीयहरुले झेल्नु परेको उहाँको भनाइ छ । खानेपानीको लागि पटकपटक आग्रह गरेको भए पनि अहिलेसम्म सुनुवाई भएको छैन् । घर घरमा खानेपानी धारा हुनु पर्ने बेला यो बस्तीका नागरिक अहिले पनि कुवामा जमेको फोहोर पानी पिउनु पर्ने बाध्यता रही आएको स्थानीय दिलिप पन्त बताउनु हुन्छ । खानेपानी समस्या बारे धेरैलाई जानकारी छ । तर, पनि पहल नहुँदा वर्षौदेखि यही समस्या झेल्दै आएका छौँ ।

    मालिकार्जुन गाउँपालिकाले गत वर्षबाट गाउँपालिका क्षेत्रमा खानेपानी अभाव हुन नदिन खानेपानी गुरुयोजना बनाएर काम अघि बढाएको छ । पानी भएको क्षेत्रमा मुहान संरक्षण गरेर गाउँमा खानेपानी ल्याउने तथा नभएको क्षेत्रमा पम्पीङ गरेर खानेपानी ल्याउने काम अघि बढेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताउनु भयो । पाँच वर्षभित्र गाउँपालिकाभरिका सबै नागरिकको घरघरमा खानेपानी पु¥याउने योजना सहित काम भइरहेको अध्यक्ष धामीको भनाइ छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था गरिएको छ । तर, अझै पनि स्थानीय नागरिकहरुले स्वच्छ पिउने पानी नपाउँदा समस्या भोग्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.