• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत ०७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति


  •    संवाददाता/ मङ्गलबार, साउन २३, २०८०  

  • गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ । गौर घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ०८० साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा धर्नामा बसेका पीडित परिवार र सरकारबीच मंगलबार गृह मन्त्रालयमा सहमति भएको हो ।

    गौर नगरपालिका-५ स्थित राइस मिलको चौरमा ०६३ चैत ७ गते मधेसी जनअधिकार फोरम र माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाको आमसभाका क्रममा झडप हुँदा मधेसी जनअधिकार फोरमका समर्थकले माओवादीका कार्यकर्तालाई कुटपिट गर्दा पाँच जना महिलासहित २७ जनाको मृत्यु भएको थियो ।

    सहमतिपत्रमा घटनाको तत्कालिन समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाही गर्ने उल्लेख गरिएको छ । त्यस्तै गौर घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध गर्ने कुरा सहमतिपत्रमा उल्लेख छ ।

    पीडित पक्ष र सरकारबीच भएको सहमतिमा मन्त्रिपरिषदको ०६५ पुस ९ गतेको बैठकबाट पारित सहिद घोषणा गरिएका व्यक्तिहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र घटनामा मृत्यु भएकाहरूको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने कुरा समेत उल्लेख गरिएको छ ।

    सरकारसँगको सहमतिपश्चात गौर हत्याकाण्ड सङ्घर्ष समितिले यसअघि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ११ वर्ष जेल बसेर छुटेका व्यक्ति सुनचाँदीसहित पक्राउ परे
    आज देशभर मध्यम वर्षा ; हिमपातको सम्भावना
    आज २०८२ चैत ०६ गते शुक्रबारको ‘दैनिक राशिफल’
    ताजा अपडेट
    • ११ वर्ष जेल बसेर छुटेका व्यक्ति सुनचाँदीसहित पक्राउ परे
    • आज देशभर मध्यम वर्षा ; हिमपातको सम्भावना
    • आज २०८२ चैत ०६ गते शुक्रबारको ‘दैनिक राशिफल’
    • नेपालमा इन्धन र ग्यास अभावबारे बढ्दो चिन्ता
    • नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य र प्रचण्डको नेतृत्व: के बंगालको नियति दोहोरिएला ?

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.