• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाढीले झोलुङ्गे पुल बगाउदा बालबालिकालाई विद्यालय जानआउन समस्या

"बाढीले झोलुङ्गे पुल बगाउदा यस क्षत्रको बालबालिकालाई विद्यालय जानआउन समस्या भएको छ । "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  • टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् । बाढीले झोलुङ्गे पुल बगाउदा यस क्षत्रको बालबालिकालाई विद्यालय जानआउन समस्या भएको छ ।

    Photo 20230708 Bhojhapur (5)

    वर्षातको कारण राउते, हिले, रूपाथुमकी र खानी गाउँका करिव ४५ जना बालबालिकाहरु खोला तर्न नसक्दा पढाईबाट वञ्चित हुनु परेको छ । खोलामा पुल नभएका कारण गएको महिनादेखि विद्यालय जान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छात्र पुष्प कटुवालले बताउनु भयो । ‘वर्षातमा खोला आउँछ, तर्न सक्दैनौ । खोलाले बाटो पनि सबै बगाएको छ । एक महिना भन्दा धेरै भयो विद्यालय जान समस्या छ,’ कटुवालले भन्नुभयो ।,

    ‘छोटो दूरीमा रहेको बाटोको पुल खोलाले बगाउँदा घण्टौँ हिडेर वैकल्पिक बाटो जानुपर्ने बाध्यता छ । बाटोको समस्याको कारण कुनै समय आधा पढाइ सकिएपछि विद्यालय पुगिन्छ । पहिरोको कारण वैकल्पिक बाटोमा पनि जोखिम नै छ ।’ पुष्प कटुवालले बताउनु भयो । ज्यानलाई जोमिखमा राखेर खोला तर्नु पर्ने अवस्था रहेको कक्षा ११ मा अध्ययनरत छात्र दीपक विष्टले बताउनु भयो । खोला तर्दा किताब,कपीसँगै कपडा भिज्ने गरेको  विष्टको भनाइ छ । कहिलेकाँही बाटोमा हिड्ने मानिसहरूको सहायताले खोला पार गर्ने गरेको विष्टको भनाइ छ । ‘उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनु परेको छ’ उहाँले भन्नुभयो,‘ किताव, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ  । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कपि त कहिले जुत्ता चप्पल खोलामा बग्छन् । हामी गाउँबाट ४०-५० जना साथीहरू यसरी नै विद्यालय जानेआउने गरेका छौँ ।’

    नेको छ ।

    Photo 20230708 Bhojhapur (1)

     

    ससाना बालबालिका खोलाको कारण विद्यालय नै पुग्न नसक्ने अवस्था छ । कतिपय बालबालिका महिनौँ अघिबाट विद्यालय जान छाडेका छन् । पानी परेको दिनमा गाउँबाट धेरै विद्यार्थी विद्यालय नजाने गरेका छन् । पुल निर्माण तथा बाटो मर्मतको लागि सरोकारवाला निकायले  ध्यान दिन आवश्यक रहेको विद्यार्थीहरूको भनाइ छ । अर्को पुलबाट विद्यालयसम्म पुग्न दुई घण्टा बढी घुम्नु पर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र दुर्गाबहादुर विश्वकर्माले बताउनु भयो । बाढीले पुलको बगाएका कारण ससाना बालबालिका विद्यालय जान नसक्दा पढ्न पाउने अधिकारबाट वञ्चित भएको विद्यार्थी विश्वकर्माको भनाइ छ । बाढीले पुलसँगै सडक बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएको टेम्केमैयुङ गाउँपालिका–९ का टङ्क विश्वकर्मा बताउनु हुन्छ ।

    बालबालिकालाई बाध्य भएर जोखिममा पनि विद्यालय पठाउनु पर्ने अवस्था रहेको टङ्क विश्वकर्माले बताउनु भयो । घरको काम पनि धान्नु पर्ने भएकोले सधै अभिभावकले विद्यालयसम्म पुर्याउन सक्ने अवस्था नरहेको विश्वकर्माको भनाइ छ ।  कक्षासम्म पढाइ हुने सिंहदेवी माध्यमिक विद्यालयमा टाँडाटबाट विद्यार्थीहरू पढ्न आउने गरेको भएपनि पुल नभएका कारण विद्यार्थीहरूलाई धेरै समस्या भएको विद्यालयका प्रधानाध्यपक राजधन राईले बताउनु भयो ।  खोलामा ज्यान जोखिममा राखेर विद्यार्थीहरू विद्यालय आउनुपर्ने बाध्यात्मक अवस्था रहेको प्रधानाध्यापक राइको भनाइ छ ।

    Photo 20230708 Bhojhapur (3)

    विशेष गरेर हिले, रूपाथुमकी, खानी र राउते क्षेत्रका बालबालिका पढाई नै छाडेर घर बस्न बाध्य भएका छन् । पुल बगाएपछि खोला तर्न नसेकर विद्यार्थी विद्यालय नआउने गरेको प्रधानाध्यापक राईको भनाइ छ । ‘बालबालिका पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले बालबालिकाको उज्वल भविष्यका लागि भएपनि राते खोलामा चाँडो पुल बनाउन आवश्यक छ ।’ प्रधानाध्यापक राईले भन्नु भयो । बाढीले पुल बगाउँदा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुने अवस्था रहेकोले पुल निर्माणमा पहल गरिरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले राईले बताउनु भयो ।

    बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ ओटा सिञ्चाइ कुलो बगाएको उहाँको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमासमेत क्षति पुर्‍याएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । ‘झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सवै सडक बगाएको अवस्था छ’ वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, ‘सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् । सुत्केरी महिला, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजान समेत समस्या भएको छ । खाद्यान्न आपूर्तिमा समस्या हुँदा स्थानीयको दैनिकी समेत निकै कष्टकर बनेको छ ।

    Photo 20230708 Bhojhapur (2)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.