• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हत्या आशङ्कामा घाटबाट शव प्रहरी नियन्त्रणमा


  •    संवाददाता/ मङ्गलबार, साउन २३, २०८०  

  • झापकाे कन्काई नगरपालिका-३ सुरुङ्गाकी ३२ वर्षीया पुजा कोचकारको जलाउन लागिएको शव प्रहरीले घाटबाट नियन्त्रणमा लिएको छ ।

    कन्काई नगरपालिका-३ कन्काइ माइ नदीमा साउन २२ गते जलाउन लागिएको अवस्थामा घाटमा राखिएको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्दप्रसाद रिजालले बताउनु भयो ।

    शिवसताक्षी नगरपालिका-९ स्थायी घर भइ कन्काइ नगरपालिका-३ मा डेरा गरी बस्दै आएकी पुजालाई ५० वर्षीय पति चोपेन्द्र कोचाकारले साउन २२ गते कुटपिट गरी हत्या गरेको सूचना स्थानीयले दिएपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिएको डिएसपी रिजालले बताउनु भयो ।

    आरोपित चोपेन्द्रले पुजालाई घरायसी विवादका क्रममा साेमबार कुटपिट गरेको र पुजाको उपचारका क्रममा विर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा  साेही दिन नै मृत्यु भएको आशङ्का प्रहरीको छ ।

    पुजा कोचकार ०७९ माघ १८ गते बेहोस भएपछि पति चोपेन्द्रले प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरी उपचार गराएका थिए ।

    अस्पतालले पुजालाई माघ २० गते रिफर गरी कञ्चनजङ्घा अस्पताल विर्तामोड पठाएको थियो ।

    पुजाको कलेजोमा समस्या देखिएको र अन्तिम समयमा अस्पताल ल्याएका कारण मृत्यु भएको पुजाको उपचारमा संलग्न चिकित्सक प्रमोदकुमार शाहले बताउनु भयो ।

    शवको पोष्टमार्टम मंगलबार गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिने तयारी गरिएको छ ।

    पोष्टमार्टम रिपोर्टमा कुटपिट वा हत्या देखिए पतिलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.