झापकाे कन्काई नगरपालिका-३ सुरुङ्गाकी ३२ वर्षीया पुजा कोचकारको जलाउन लागिएको शव प्रहरीले घाटबाट नियन्त्रणमा लिएको छ ।
कन्काई नगरपालिका-३ कन्काइ माइ नदीमा साउन २२ गते जलाउन लागिएको अवस्थामा घाटमा राखिएको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्दप्रसाद रिजालले बताउनु भयो ।
शिवसताक्षी नगरपालिका-९ स्थायी घर भइ कन्काइ नगरपालिका-३ मा डेरा गरी बस्दै आएकी पुजालाई ५० वर्षीय पति चोपेन्द्र कोचाकारले साउन २२ गते कुटपिट गरी हत्या गरेको सूचना स्थानीयले दिएपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिएको डिएसपी रिजालले बताउनु भयो ।
आरोपित चोपेन्द्रले पुजालाई घरायसी विवादका क्रममा साेमबार कुटपिट गरेको र पुजाको उपचारका क्रममा विर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा साेही दिन नै मृत्यु भएको आशङ्का प्रहरीको छ ।
पुजा कोचकार ०७९ माघ १८ गते बेहोस भएपछि पति चोपेन्द्रले प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरी उपचार गराएका थिए ।
अस्पतालले पुजालाई माघ २० गते रिफर गरी कञ्चनजङ्घा अस्पताल विर्तामोड पठाएको थियो ।
पुजाको कलेजोमा समस्या देखिएको र अन्तिम समयमा अस्पताल ल्याएका कारण मृत्यु भएको पुजाको उपचारमा संलग्न चिकित्सक प्रमोदकुमार शाहले बताउनु भयो ।
शवको पोष्टमार्टम मंगलबार गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिने तयारी गरिएको छ ।
पोष्टमार्टम रिपोर्टमा कुटपिट वा हत्या देखिए पतिलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।