२३ साउन,२०८०
आज दिनभरीनै झरी पर्ने सम्भावना रहेको छ। गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
लगातारको वर्षाको कारण देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ ।
पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान रहेको मौसमविद् झाले बताउनुभयो। आज बाग्मती,कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।