• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तामाङ र मगरद्वारा काठमाडौं उपत्यकासहित देशभर गरे विरोध प्रदर्शन


  •    अभियान हाम्रो/ सोमबार, साउन २२, २०८०  

  • समुदायको सांस्कृतिक परम्परामाथि ठेस पुगेको भन्दै आज तामाङ र मगरले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको छ । अधिवक्ता भगवति पाण्डेले तामाङ र मगर समुदायमा दाजुबहिनीबिच विवाह हुने र त्यसबाट जन्मने सन्तान आपराधिक मानसिकताका हुने आसायको अभिब्यक्ति एक टेलिभिजन कार्यक्रममा दिएपछि आन्दोनमा उत्रिएका उनिहरु गत १७ गते प्रहरीले चरम दमन गरेपछि थप आक्रोसित बनेका हुन् ।

    उनिहरुले आज अधिवक्ता पाण्डे र काठामाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीलाई कारबाहीको माग गर्दै देशैभर विरोधका कार्यक्रम गरेका हुन् । टेकु प्रहरी परिसरमा हिरासतमा प्रहरीको कुटपिटबाट गम्भिर घाइतेहरुको राज्यद्धारा उपचार गर्नुपर्नेलगायतका माग राख्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको अगुवाईमा आज उनिहरु सडकमा उत्रिए ।काठमाडौंको माइतीघर मण्डलाबाट दिउँसो ठुलो संख्यामा निस्केको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै नेपाल आदिवास जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासी समुदायको आत्मसम्मानमा चोट पुग्ने काम कसैले नगर्न चेतावनी दिनुभयो । यस्तै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनले अभियुक्त पाण्डेलाई उम्काउने चलखेल र शान्तिपुर्ण अधिकारको आन्दोलनमा प्रहरीको दमन हुनु नश्लिय चिन्तनको पराकाष्ट भएको बताउनुभयो । नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङले अभिवक्ता पाण्डेलाई र एसएसपी कार्कीलाई कारबाही नभए सम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।

    यस्तै सभामा लेखक तथा अभियान्त आहुति, ताम्सालिङ संयुक्त संर्घष समितीका संयोजक डा. गणेश योन्जनलगायतले राज्यको विभेदकारी नीति र सोचको अन्त्य नभएसम्म यस्ता घटनाहरु भइरहेने भन्दै चुप लागेर बस्न नहुने बताउनुभयो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेका अनुसार आज करिब ५० वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा विरोध प्रदर्शन गरी गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । यसैबिच प्रदर्शनसंगै आजै गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई प्रत्यक्ष भेटेर कारबाहीको लागि ध्यानकर्षण गराइएको छ ।

    त्यसक्रममा गृहमन्त्री श्रेष्ठले शान्तिपुर्ण प्रदर्शनमा भएको घट्नामा दुख व्यक्त गर्दै हिरासत भित्र प्रदर्शनकारीहरुलाई यातना दिने प्रहरी र विवादास्पद अभिव्यक्ति दिने पाण्डेको छानबिन गरि आवश्यक कारबाही गर्ने र सम्पूर्ण घाइतेहरुको उपचार राज्यले गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको घेदुङका अध्यक्ष गोलेले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.