• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बर्दियामा रेबिजविरूद्धको एन्टी रेबिज भ्याक्सिन अभाव हुँदा बिरामीहरू मर्कामा

"रेविज रोग कुकुर, बिरालो, न्याउरी मुसा, स्याल व्वांसो चमेराको टोकाईबाट लाग्ने रोग हो । "

  •     अभियान हाम्रो/ सोमबार, साउन २२, २०८०  

  • बर्दियामा रेबिजविरूद्धको एन्टी रेबिज भ्याक्सिन अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । अनिर्वाय र निशुल्क भनिएको एन्टी रेबिज भ्याक्सिन विगत दुई महिनादेखि नहुदाँ बिरामीहरूले महङ्गोमा मूल्यमा मेडिकलबाट किनेर लाउन बाध्य भएका छन् ।

    रेविज रोग कुकुर, बिरालो, न्याउरी मुसा, स्याल व्वांसो चमेराको टोकाईबाट लाग्ने रोग हो । रेबिज रोग शत प्रतिशत प्राण घातक रोग हो । यो रोग लागेपछि रोगको उपचार सम्भव हुदैन । गत आर्थिक वर्ष २०७९/०८० मा रेबिज रोग लागेर दुई जनाको मूत्यु भएको थियो । यसबाट बच्ने एक मात्र उपाय भनेको एन्टी रेबिज भ्याक्सिन हो । बर्दिया अस्पताल गुलरिया ,आर सी मेमोरियल नगर अस्पताल, बारबर्दिया, बासगढी नगर अस्पताल बासगढी, प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा रेबिज विरूद्धको भ्याक्सिन पाइने गरेको थियो ।

    प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण खनालले अस्पतालमा वार्षिक ५ सय भन्दा बढी बिरामी एन्टी रेबिज  भ्याक्सिन लगाउन आउने गरेको जानकारी बताउनु भयो । उहाँले असार १४ गतेबाट भ्याक्सिन सकिएको र बजारमा पनि भ्याक्सिन अभाव भएको  जानकारी बताउनु भयो । दैनिक ४/५ जनासम्म बिरामी भ्याक्सिन लगाउन आउने गरेको डाक्टर खनालले जानकारी दिनुभयो । डा. खनालका अनुसार  स्वास्थ्य विभागले नपठाएको कारण भ्याक्सिन अभाव भएको बताउनु भयो ।

    बर्दिया अस्पतालमा सूचना अधिकारी द्रोणविक्रम पन्थीले बर्दियामा अस्पतालमा १ हजार भाइल भ्याक्सिन आएको जानकारी बताउदै ०८० जेठ १८ गतेदेखि भ्याक्सिन नभएको र बिरामीले मेडिकलबाट खरिद गरेर ल्याएको भ्याक्सिन लगाउने गरेको बताउनु भयो । बासगढी नगर अस्पतालका डाक्टर प्रेम वलीले अस्पतालमा ४ सय भाइल भ्याक्सिन आएकोमा  माघ २२ गतेबाट लगाउन थालिएकामा जेठ ३० गते भ्याक्सिन सकिएको बताउनु भयो ।

    यसैगरी, आरसी मेमोरियल नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक थीरबहादुर खड्काले अस्पतालमा आर्थिक बर्ष २०७९/०८० मा ५ सय ३० भाइल खोप आएको जानकारी दिनुभयो । उहाँले प्रति महिना ५० भाइलको दरले एन्टी रेबिज भ्याक्सिन खोप आउने गरेका थियो । तर जेठमा ३० भाइल भ्याक्सिन मात्र आएको र जेठ ११ गते नै खोप सकिएको जानकारी दिनुभयो । डाक्टर कृष्ण खनालले भ्याक्सिनका लागि प्रदेशमा माग गरेको भए पनि हालसम्म उपलब्ध हुन नसकेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.