• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गर्भवती महिलाहरु सुत्केरी पोषण भत्ता पाउनबाट बञ्चित


  •    संवाददाता/ सोमबार, साउन २२, २०८०  

  • सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँका १७ जना गर्भवती महिलाहरू सरकारले दिने सुत्केरी पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् ।

    स्वास्थ्य संस्थामा आठ पटकसम्म गर्भ जाँच गराउनका लागि डेढ घण्टाको पैदल हिडेर सोही वडाको स्याँडा स्वास्थ्यचौकीमा जाने तर सुत्केरी गराउन नआउने भएपछि गर्भ जाँच र प्रसुती गृहमै सुत्केरी भए बापतको उपलव्ध हुने सुत्केरी पोषण भत्ता वा यातायात खर्च गरी तीन हजार रुपियाँ पाउनबाट बञ्चित भएको खोल्सी आधारभूत स्वास्थ्य ईकाइका अहेव धिरेन शाहीले बताउनु भएको छ । स्वास्थ्य संस्थामै सुत्केरी नभएकै कारण उक्त भत्ता उपलव्ध नगर्ने कानुनी प्रावधान भएकै कारण सो रकम उपलव्ध नभएको अहेव शाहीले बताउनु भयो ।

    गत आर्थिक वर्षमा उक्त गाउँमा १७ जना गर्भवती महिला थिए । तर ति सबै जना गाउँकै गोठमा सुत्केरी गराइयो । उनीहरु मध्ये एक जना जटिल अवस्था भएपछि जिल्लामा उद्धार गर्नुपरेको थियो । तर शिशुको भने बिचबाटोमै मृत्यु भएको र आमाको भने ज्यान बच्न सफल भएको अहेव शाहीको भनाइ छ ।

    गाउँबाट डेढ घण्टा टाढा रहेको स्याँडा स्वास्थ्य चौकी र आधा घण्टा टाढाको चौगानफया आधारभूत स्वास्थ्य केन्द्रमा जान खोजे पनि परिवार र गाउँलेले सहयोग नगरेका कारण सबै गर्भवती महिला गाउँमै सुत्केरी हुन बाध्यता रहेको सोही ठाँउकी स्थानीय पविता शाहीको गुनासो गर्नु भयो । गाउँबासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अभिभावकले अटेरी गरेका कारण महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको स्थानीय महिला दुर्गा शाहीले पीडा सुनाउनु भयो ।

    सिङ्गो खोल्सीगाउँका गर्भवती महिलाहरू घरकै गोठ गोठमा सुत्केरी हुने गरेको सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाले बताउनु भयो । उहाँले यसरी गोठमै सुत्केरी गराउने कार्य राम्रो नभएको कुरा सम्झाउने प्रयास गर्दा पनि अभिभावकले नमानेपछि गाउँका गोठमै सुकेरी हुन बाध्य भएको जानकारी दिनु भयो ।

    गोठमै गर्भवतीलाई सुत्केरी गराउँदा सुरक्षित नहुने र सम्भावित खतरा बारे जानकारी गराउँदा पनि गाउँवासीले नमान्ने गरेको अध्यक्ष बुढाको भनाइ छ ।

    सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले यो समस्या खोल्सी गाउँको लागि जल्दो बल्दो रहेको र केही समय अगाडि आफू गएर सहजीकरण गर्न खोज्दा अभिभावकले नमानेको आरोप लगाउनु भयो । फाइल तस्वीर ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.