• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अभिभावक नै शिक्षक बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी


  •    संवाददाता/ सोमबार, साउन २२, २०८०  

  • छोराछोरीले राम्ररी पढून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। असल, अनुशासित अनि सुसंस्कृत बनून् भन्ने चाहना पनि नहुने कुरै भएन। तर सन्तति कस्ता बन्छन् भन्नेमा उनीहरूले पाउने शिक्षाले ठूलो भूमिका खेल्दछ। त्यसो भए विद्यालय वा कलेज शिक्षा नै पर्याप्त हो त ? पक्कै होइन।

    ‘अभिभावकको बुझाइ नै सन्तानलाई विद्यालय पठाइदिएपछि सबै समस्या निराकरण भइहाल्छ भन्ने छ,’ बालकल्याण आधारभूत विद्यालय चिसापानी सुर्खेतका प्रधानाध्यापक यमबहादुर बिसी भन्नुहुन्छ, ‘तर विद्यार्थीलाई असल बनाउन अभिभावक, शिक्षक र सरकार तीनै पक्षको सहकार्य हुनुपर्छ।’

    बिसीका अनुसार बालबालिका विद्यालयमा रहने सात­आठ घण्टा मात्र हो। बाँकी समय घरपरिवारमै बिताउँछन्। विद्यार्थीले विद्यालयमा सिक्ने­जान्ने अवसर पाउँछन्। तर त्यसलाई अभ्यास गर्ने घरपरिवारमै हो। त्यसकारण शिक्षा र समाज सुधारका लागि अभिभावकमा पनि शैक्षिक रूपान्तरण आवश्यक छ।

    बालबालिकाको पहिलो पाठशाला घर त्यसै भनिएको होइन। त्यसैले बोली, नैतिकता, व्यवहार, आचरण, सम्मानजस्ता कुरा अभिभावकले बाल्यावस्थामै सिकाउनुपर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउनुहुन्छ।

    गृह शिक्षक कार्यक्रम लागू भएपछि व्यस्त विद्यार्थी

    गुराँस गाउँपालिका ­४ चिसापानी टोलकी रजनी शाही अहिले ४ कक्षामा अध्यनरत हुनुहुन्छ। पहिले बर्खे बिदा उहाँको ध्यान पढ्न लेख्नमा भन्दा पनि खेल्न र साथीसँग रमाइलो गर्नमै बित्थ्यो। तर, पछिल्लो समय उहाँमा परिवर्तन आएको छ। उहाँको दैनिकी फेरिएको छ। बर्खा बिदा भएपछि कापी–कलमलगायतका शैक्षिक सामग्री खोज्नुपर्ने अवस्था हुन्थ्यो। कहाँ हराउँथे, हराउँथे पत्तै हुन्थेन। घरमा पढाउने सिकाउने पनि कोही हुँदैनथे। तर, पछिल्लो समय त्यो अवस्था परिर्वतन भएको छ। अहिले बर्खे बिदा भएदेखि उहाँ पढ्न थाल्नुभएको छ। जसले गर्दा शैक्षिक सुधारमा टेवा पुगेको छ।

    त्यस्तै गुराँस गाउँपालिका ­४ चिसापानीकै अशोक शाहीको पनि पढ्नमा रुचि जाँदैनथ्यो। अहिले उहाँको बानी पनि परिर्वतन भएको छ। सोसेकले सञ्चालन गरेको कार्यक्रमले पढाइमा ध्यान जान थालेको छ। रजनी र अशोकजस्तै यहाँका अन्य विद्यार्थीको पनि दैनिकीमा परिवर्तन आएको छ।

    सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजनाअन्तर्गत गृह शिक्षक अवधारण लागू भएपछि विद्यार्थीमा सकारात्मक परिर्वतन आएको छ। पहिलेभन्दा अहिले धेरै परिर्वतन आएको र विद्यार्थीले बिदाको सदुपयोग गर्दा अध्यन क्षमतासमेत बढेको सहयात्रा दोस्रो परियोजनाका शिक्षा अधिकृत प्रेम बिष्टले बताउनुभयो। उहाँका अनुसार पहिले बर्खा बिदामा विद्यार्थीको पढाइमा ध्यान जाँदैनथ्यो भने पुनः विद्यालय सञ्चालन हुँदासम्म शैक्षिक सामग्री खोज्नुपर्ने अवस्था हुन्थ्यो। अहिले त्यो समस्या हटेको छ।

    गृह शिक्षक अवधारणा आएदेखि बालबालिकाहरू र अभिभावकसँगै बसेर दैनिक कार्यतालिकाअनुसार बिदाको समयमा पनि आचारसंहिता निर्माण गर्ने, कथा, कविता लेख्ने र चित्र कोर्ने गरेको अधिकृत बिष्टले बताउनुभयो। उहाँका अनुसार अहिले गुराँस गाउँपालिकाभित्रका प्रत्येक वडाको प्रत्येक टोलटोलमा यो कार्यक्रम लागू भएको छ।

    टोलका लागि बालकल्याण आधारभूत विद्यालय चिसापानीका प्रधानाध्यापक प्रेम बिसी र सम्पर्क शिक्षक लक्ष्मण शाहीले सहजीकरण गर्नुभएको छ। प्रत्येक घरमा गृह शिक्षकले पढाइका बारेमा दैनिक २÷३ घण्टा बालबालिकालाई सहजीकरण गरेको अभिभावक गृह शिक्षक दीपकबहादुर शाहीले बताउनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.