विराटनगर महानगरपालिका–५ जामुनगाछीकी ५३ वर्षीया इन्दिरा चापाँगाईलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विवादमा मुछिएका छन् ।
मेयर कोइरालाको निर्देशनमा सुशासन अभियन्ता चापाँगाईलाई प्रहरीले गिरफ्तारी गरी हिरासतमा राखेपछि मेयर विवादमा मुछिएका हुन्।
विराटनगर महानगरपालिका कार्यालयले चापाँगाईविरुद्ध ०८० साउन १५ गते अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि चापाँगाई गिरफ्तार गरी हिरासतमा राखेको इन्स्पेक्टर पप्पु नायकले बताउनु भयो ।
प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेकोमा साउन २१ गते म्याद सकिँदैछ । साउन २१ गतेभित्र अनुसन्धान पुरा नभए पुन म्याद थप्ने प्रहरीले जनाएको छ ।
मेयर विवादमा मुछिएपछि मेयरको सचिवालयले साउन २१ गते सचिवालयको फेसबुक पेजबाट घटनाका विषयमा जानकारी गराएको छ ।
सुशासन अभियन्ता चापाँगाईले जिल्ला प्रशासन कार्यालय मोरड्गमा गोग्राह कलेज विराटनगर र सोही कलेजको सञ्चालक समितिविरुद ०८० जेठ १८ गते निवेदन दर्ता गराएर आन्दोलन गर्दै आउनु भएको थियो ।
विराटनगर महानगरपालिका अगाडि गएको जेठ महिनायता मेयरविरुद विरोध गर्दै आउनु भएकी चापाँगाईलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय एन र २०५७ सालका सक्कली लिखित कागजात जुटाई प्रमाणित गर्न र गोग्राह सामुदायिक कलेजले सोही नामको निजी कलेज सञ्चालन गरेकोमा महानगरपालिकाले निजी कलेजलाई ५ लाख रुपियाँ आर्थिक सहयोग गरेकोमा सुशासन अभियन्ता चापाँगाईको विरोध छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लोकतन्त्रमा विरोध गर्न पाउनु अधिकार भएपनि विरोधका नाममा मानमर्दन गर्न नपाइने बताउनु भयो ।
सुशासन अभियन्ता भनि इन्दिरा चापाँगाईले आफूलाई नगरपालिकाको गेटबाट पस्न नदिएको र तुच्छ गालीगलौच गरेका कारण कानुनी प्रक्रियाका लागि प्रहरीमा उजुरी दिएको बताउनु भयो ।
विराटनगर महानगरपालिका–४ स्थित गोग्राहा स्कुलमा सञ्चालित कलेज निजी क्षेत्रबाट सञ्चालनमा रहेको र सो कलेजलाई विराटनगर महानगरपालिकाले ५ लाख रुपियाँ आर्थिक सहयोग आरोप लगाउँदै चापागाई उक्त रकम महानगरपालिकालाई फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिनु भएको छ ।
गोग्राहा विद्यालय व्यवस्थापन समितिकी पूर्व अध्यक्षसमेत रहनु भएकी चापाँगाईलाई प्रहरीले गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अभियान्ताविरुद्ध उजुरी दिएर गिरफ्तार गराएको विषय विवादमा परेको छ ।
मेयरविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूले विरोध गरेपछि विराटनगर महानगरपालिकाका मेयरको सचिवालयले साउन २१ गतेसामाजिक सञ्जालमार्फत घटनाका विषयमा स्पष्टीकरण दिएको छ ।