• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक वर्षमा विपदमा परी ५७ जनाले गुमाए ज्यान

"साढे ६ अर्बभन्दा बढीको क्षति "

  •    संवाददाता/ आइतबार, साउन २१, २०८०  

  • बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनावर, हावाहुरीजस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बौं रुपैयाँको क्षति भएको छ।

    आर्थिक वर्ष (आव) २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा विपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो। विपद्जन्य घटनाका कारण अघिल्लो आव २०७८/ ०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए। तर, आव २०७९/०८० मा यो संख्या बढेर ५७ पुगेको हो।

    प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष यो अवधिमा ५ जनाले ज्यान गुमाएका थिए।

    यता चट्याङका कारण आव २०७९ /०८० मा ९ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएका थिए। आगलागीका कारण आव २०७८ /०७९ र २०७९ /०८० भित्र ज्यान गुमाउनेको संख्या ३० रहेको छ। यसैगरी आव २०७८/०७९ र २०७९ /०८० मा १५/१५ जनाले ज्यान गुमाएका हुन्।

    हावाहुरीका कारण पछिल्लो दुई वर्षमा कसैले पनि ज्यान नगुमाए पनि आव २०७७/०७८ मा एक जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

    विपद्जन्य घटनामा परी कोशी प्रदेशमा हरेक वर्ष अर्बौं रुपैयाँको क्षति हुने गरेको पाइएको छ। आव २०७९ /०८० मा मात्रै बाढी पहिरोका कारण पाँच अर्ब ३४ करोड, ७१ लाख, २५ हजार ४ सय रुपैयाँबराबरको क्षति भएको छ। अघिल्लो आवको सो अवधिमा एक अर्ब ८० करोड ६५ लाख ६४ हजार १ सय ७० रुपैयाँबराबरको क्षति भएको थियो। तर, आव २०७९ /०८० मा बाढीजन्य विपद्का कारण झन्डै पाँच गुणा बढी धनमालको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

    बाढीका कारण एक आवमा कोशी प्रदेशमा तीन हजार ३८ घरसमेत प्रभावित भए। बाढीका काण दुई हजार २ सय ८९ स्थानमा क्षति पुर्याएको थियो।

    त्यस्तै चट्याङका कारण पछिल्लो एक वर्षमा ९ जनाले ज्यान गुमाए। अघिल्लो आवमा ६ जनाले ज्यान गुमाए पनि आव २०७९ /०८० मा चट्याङका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको हो।

    यस्तै चट्याङका कारण १९ घर प्रभावित भएका थिए भने ९८ लाख ७४ हजार मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ। अघिल्लो आवमा ७ घर प्रभावित हुँदा १२ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको थियो।

    यता आगलागीका कारण आव २०७९ /०८० मा १५ जनाले ज्यान गुमाएका छन् भने एक अर्ब १३ करोड ८१ लाख ८८ हजार ७ सय ७४ रुपैयाँको क्षति भएको छ। अघिल्लो आव २०७८/०७९ मा ७ करोड ७५ लाख तीन हजार ४ सय ९६ रुपैयाँको क्षति भएको थियो।

    यस्तै, जंगली जनावरको आक्रमणमा परी कोशी प्रदेशमा आव २०७९/०८० मा १० जनाले ज्यान गुमाएका छन्। पूर्वका एक सय ५० स्थानमा जंगली जनावरको आक्रमणमा परी उनीहरुले ज्यान गुमाएका हुन्। आव २०७८/०७९ मा समेत जंगली जनवारको आक्रमणमा परी ८ जनाले ज्यान गुमाएका थिए।

    पछिल्लो एक वर्षमा ९१ लाख ३ हजार तीन सय रुपैयाँबराबरको धनमालमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

    यता हावाहुरीका कारण आव २०७९/०८० मा १६ करोड १७ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। मानवीय क्षति नभए पनि एक वर्षमा हावाहुरीका कारण १६ करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.