• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्य संस्थामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य


  •    संवाददाता/ आइतबार, साउन २१, २०८०  

  • ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्य सस्थाको अभाव तथा ग्रामिण महिलाहरुको स्वास्थ्य संस्थामा सहज पुहँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरीहरुले बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेका छ । परशुराम नगरपालिका–८ अ‍ैडुग्रांकी विमला नेगीलाई सुत्केरी व्याथा लागेपछि स्थानीयहरुले अस्पताल लैजादै गर्दा साउन २० गते बाटोमै शिशुलाई जन्म दिनु भएको छ ।

    प्रसव पीडा सुरु भएपछि बिमलालाई स्टेचरमा बोकेर अस्पताल लैजादै गरको अवस्थामा अस्पताल नपुग्दै उहाँले बाटोमै शिशुलाई जन्म दिएको स्थानीय कविता धमलाले बताउनु भयो ।

    गत असार महिनामा पनि परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिनुभएको थियो । गाउँमा स्थापना गरिएका स्वास्थ्य संस्था स्तरीय नहुनु र भौगोलिक विकटताका कारण यहाँका महिलाहरु बाटोमै सुत्केरी हुन बाध्य भएको स्थानीय भुपेन्द्र धामीले बताउनु भयो ।

    उहाँले भन्नु भयो–‘वर्षातले बाटो अबरुद्ध भएको छ । गाउँमा स्तरीय स्वास्थ्य संस्था छैनन् । यहाँका महिलाले वर्षेनी यस प्रकारका समस्या भोग्दै आउनु भएको छ ।’

    परशुराम नगरपालिका–८का वडाध्यक्ष दिनेशप्रसाद जोशीले वर्षातको कारण सडक अबरुद्ध हुँदा यातायातका साधान सञ्चालन हुन नसकेको र गाउँमा सुविधासम्पन्न स्वास्थ्य संस्थाको अभावमा स्थानीय तथा गर्भवतीहरुले सास्ती भोग्नु परेको बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘सडक कच्चि छन् । वर्षातमा गाडी चल्दैनन् । बिरामीलाई बोकेर अस्पताल लैजाँदै गर्दा ढिला हुन्छ । गर्भवतीहरुले बाटोमै शिशु जन्माउनु पर्ने बाध्यता छ ।’

    उहाँले जमरानी आधारभूत स्वास्थ्य केन्द्रको स्तरोउन्नती गरेर समस्या समाधान गर्न आफूले पहल गरिरहेको बताउनु भयो । – शेरबहादुर भण्डारी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.