• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यो सरकार जति चल्छ त्यति धेरै युवाहरू बाहिर जानुपर्छः इन्जार्ज विष्ट


  •    अभियान हाम्रो / शनिबार, साउन २०, २०८०  

  • पोखरा, साउन २०

    नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले देशले सुशासन खोजिरहेको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशालाको पोखरामा उद्घाटन गर्दै सचिव विष्टले देशले सुशासन खोजको भए पनि वर्तमान सरकार त्यस तर्फ उन्मुख नभएको बताए । गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका विष्टले अहिलेको गठबन्धन सरकार रहेसम्म देशले सुशासन र समृद्धि नपाउने बताए ।

    ‘यो सरकार जति चल्छ त्यति नै देश परनिर्भर हुन्छ, यो सरकार जति लामो चल्नेछ त्यति नै नेपालका युवाहरू काम नपाएर कामको खोजी गर्दै देशबाहिर जानुपर्ने अवस्था सिर्जना भइरहन्छ’, उनले भने । गठबन्धन सरकारका कारण नेपालको स्वतन्त्रता, स्वाधीनता, आत्मसम्मान र राष्ट्रिय गौरवमाथि समस्या पैदा भएको उनको भनाइ थियो । विष्टले सुन तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाई जरैसम्म पुगेर छानबिन गर्न एमालेले माग गरिरहेको बताए । यस्तै, स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रधानमन्त्रीले भारत भ्रमण जाँदा आफ्नो भुगोललाई नेपालको हो भन्न नसकेके बताए । ‘लुम्बिनीमा बसेका नेपालीले नेपाली हो भन्न नसक्ने अवस्था छ । यस्तो परिस्थितिमा तपाईं हामी सचेत हुनु आवश्यक छ,’ अधिकारीले भने । उनले यो सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे ।

    प्रचार तथा प्रकाशन विभाग गण्डकी प्रदेश कमिटीको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशाला शनिबारबाट पोखरामा सुरु भएको हो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य अधिकारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पार्टीको कास्की जिल्ला इञ्चार्ज थममाया थापा, गण्डकीमा प्रचार संयोजक राजीव पहारी, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारले मुलुकलाई परनिर्भर बनाउने उहाँहरूको टिप्पणी थियो । एमाले गण्डकीका उपसचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय प्रचार बिभाग सचिब गगन बिष्ट र प्रदेशको तर्फबाट दीपेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशाला आइतबारसम्म चल्ने एमाले गण्डकीका प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.