• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ताल बाराही मा.वि भूपू विधार्थी एसोसियशनको पहिलो साधारणसभा सम्पन्न


  •    संवाददाता/ शनिबार, साउन २०, २०८०  

  • गणेश पहारी । कास्कीकाे पोखरा महानगर पालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्था भुतपुर्व विद्यार्थी एसोसियशनको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    विद्यालयको भौतिक संरचना विकासको कुरालाई मध्यनजर गर्दै हालसालै संचालित होटल मेनेजमेन्ट शंकायका लागि आवश्यक परेको प्राक्टिकल ल्याव बनाउनका लागि भु पू विद्यार्थिबाट संकलित रकम रु २ लाखको चेक एसोशियशनका अध्यक्ष नारायण पहारीले ब्यवास्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने लाई एक कार्यक्रमका विच हस्तारक्षण गरिएको थियो । हाल विद्यालयमा करिब.१ हजार विद्यार्थिहरु अध्ययरत गरिरहेका छन ।

    साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा विद्यालयका पूर्व विधार्थि एवंम गण्डकी प्रदेश माननिय देवका पहारीले २०१४ सालमा स्थापना भएको ताल बाराही मा.वि को समग्र शैक्षिक क्षेत्रको विकासमा योगदान धेरै लामो र निरन्तर रहेको बताएकी छन । गुणस्तरीय शिक्षाका लागि एसोसियशनको भुमिका अव्वल रहने उल्लेख गर्दै पोखराकै पुरानो विद्यालयको रुपमा रहेको विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनिय रूपमा फड्को मारि गौरवमय ईतिहास कायम गरेको वताइन । राज्य बाट जति पाउनु पर्ने साथ सहयोग विद्यालयले नपाएकोमा गुनासो गर्दै, आफुले विद्यालयको शैक्षिक गुणस्तर विकास र भौतिक पुर्वाधारका लागि सधै आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरिन । उनले आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छन ।

    भु.पू विधार्थी एसोशियशनका संस्थापक अध्यक्ष तथा पूर्व गण्डकी प्रदेश सासंद राजिब पहारीले आफुले अध्ययन गर्दा बिद्यालयमा विताएका दिनह्रको स्मंमरण गर्दै विद्यालयमा अध्ययन गरेको विद्यार्थिहरु विच भाइचारा बृद्धि गनर्,े सवैलाई एउटै छातामुनि आवद्ध गर्ने र अध्ययन गरेको विद्यालयको गरिमालाई उच्च राखी हरेक तवर बाट सहयोग गर्ने उद्देश्य राखी एसोसियशन स्थापना गरीएको बताए ।

    ताल बाराही माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले नेपाल सरकारबाट प्राप्त आर्थिक सहयोगले मात्र विद्यालय संचालन गर्ने कठिनाई हुने गरेको गुनासो गरे । ताल बाराही माविले शैक्षिक एव भौतिक रुपमा गरिएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको ठोकुवा गरे । उनले विद्यालय शैक्षिक गुणस्तर वृद्धिका लागि सवैको साथ सहयोग आवश्यक रहेको बताए ।

    प्रार्चाय तारा प्रसाद पोखरेलले विद्यालयको योजना अनुरुप ताल बाराही माविले शैक्षिक भौतिक प्रगति गरिरहेको बताए । पोखरेलले विद्यालयले ब्यवस्थापन र शिक्षा संकायको पठाइ भइरहेका जानकारी दिदै यसै शैक्षिक सत्र देखी होटल मेनेजमेन्टको अध्यापन सुरु गरिएकोे सुनाए ।

    पोखरा महानग पालिका वडा नं ६का अध्यक्ष विष्णु बहादुर भट्टराईले स्थानिय सरकारबाट हुने बजेट विनियोजनमा आफुले आवाज उठाउदै आएको र आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

    सभाअध्यक्ष नारायण पहारीले देश भित्र र देश बाहिर छरिएर रहेका विधार्थिहरुलाई एकिकृत गर्नुको साथै परिचय र सहकार्यको माध्यम बाट विद्यालयको शैक्षिक विकासलाई सामाजिक उत्तरदायित्व सम्झेर उदेश्य प्राप्ती प्रति कटिबद्ध रहने कुरामा जोड दिए । एसोसियशनले मेघा अक्षयकोषको स्थापना गरि प्रत्येक बर्ष १ सय विधार्थिहरुलाई छात्रवृद्धि प्रदान गर्ने योजना रहको अध्यक्ष पहारीले बताए । कार्यक्रमको संचालन सदस्य गणेशराज पहारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.