• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाटो बन्दा डुबे तेलबहादुर, ७३ दिनदेखि धर्नामा


  •    संवाददाता/ शनिबार, साउन २०, २०८०  

  • गोरखा जिल्ला बारपाक गाउँपालिका वडा नं २ सुलिकोटका तेलबहादुर घले विगत ७३ दिनदेखि धर्नामा हुनुहुन्छ। विगत ७३ दिनदेखि एक्लै न्यायका लागि माइतिघर अगाडि सडकमा संघर्ष गर्दै आउनुभएको छ। तर झन्डै तीन महिना पुग्न लाग्दा पनि सम्बन्धित निकाय वा त्यसका प्रतिनिधि उहाँको कुरा सुन्न नआउँदा चिन्तित हुनुहुन्छ।

    घलेले गोरखाको दोभान गाउँमा होटल सञ्चालन गर्दै आउनुभएको थियो। गोर्खा जिल्लाको आरुघाट–लार्के भन्ज्याङ सडक जोड्ने काम नेपाली सेनाले ठेक्का लिएर मिति २०७४ वैशाखदेखि काम थालेको थियो। तर बाटो खन्ने क्रममा आर्मीले होटल तहसनहस भयो।

    ‘एक सिजन होटल सञ्चालन गर्न दिनुस् न भनेर आर्मीका मेजर निशान्त पण्डितलाई बिन्ती गरेँ,’ घले भन्नुहुन्छ, ‘बिन्ती गर्दा मानेनन्। उल्टै आर्मीको नियममा एक दिन पनि काम रोक्न मिल्दैन भने।’ तर तिनै मेजर पण्डितलाई आठ करोड भ्रष्टाचारको आरोपमा काठमाडौँमा कारबाही भएर थुनिएछ।

    होटेल तहसनहस भएपछि दुई वर्षसम्म व्यवसाय सञ्चालन गर्न सक्नुभएन। जसले गर्दा जीवनयापनमा कठिनाइ भयो। ‘जिल्ला प्रशासनमा न्यायका लागि भनेर निवेदन दिएँ, तर लिन मानेनन्,’ घलेको गुनासो छ, ‘पत्रकारलाई सुनाउँदा उल्टै आर्मीको बदनाम गरेको भनेर मलाई धम्काइयो। जिल्लामा सेनाका तालुकवालाले धम्काएपछि न्याय माग्न अदालत जान्छु भन्दा पनि जानु पर्दैन, राम्रो क्षतिपूर्ति मिलाइदिन्छु भनेर एक वर्ष झुलाइदिने काम भयो।’

    सयम बित्दै गयो। तीन वर्षपछि घलेलाई १३ लाख ८२ हजार क्षतिपूर्ति लिन आउनू भनी फोन गर्नुभयो। ‘त्यति थोरै लिन्नँ, बरु अदालत जान्छु भन्दा लिने भए लग्, नत्र त्यो पनि पाउँदैनौं भनियो,’ घले बताउनुहुन्छ।

    घले अहिले आफू ऋणमा डुबेको बताउनुहुन्छ। उहाँले होटल बनाउन ३६ लाख ऋण र बाँकी आफूसँग पैसा लगाएर ४५ लाखमा होटल सुरुवात गर्नुभएको थियो। ३६ लाख ऋणको १८ प्रतिशतले ३ वर्षको ब्याज नै १९ लाख ४४ हजार र तीन वर्षको जग्गा भाडा तीन लाख गरी २२ लाख ऋणमा डुबेको घले बताउनुहुन्छ।

    ‘एक वर्ष होटल चलाउँदा ११ लाख रुपैयाँ आम्दानी भएको थियो। होटल बनाउँदा र एकपटक होटल मर्मत गर्दा लागेको खर्च गरी जम्मा ४५ लाख ५८ हजार को ऋणी भएको छ,’ उहाँ भन्नुहुन्छ, ‘मलाई सरकारले सुकुम्बासी बनायो। १३ लाख ८२ हजार क्षतिपूर्ति पाएँ। तर त्यतिले पुग्दैन। अब सरकारले २० लाख ७५ हजार क्षतिपूर्ति नदिएसम्म धर्ना बसिरहन्छु।’

    यसबारे गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईलाई सम्पर्क गर्दा उहाँले तेलबहादुर घलेका बारेमा निवेदन आए पनि कुनै कामकाज अघि नबढेको जानकारी दिनुभयो। यसबारे थप पुष्टि गर्न जिल्ला प्रशासन कार्यालय गोर्खामा सम्पर्क गर्न भन्नुभयो।

    सोहीअनुसार जिल्ला प्रशासन कार्यालय गोर्खाका सूचना अधिकारी नारायणप्रसाद सुवेदीलाई सम्पर्क गर्दा यसबारे आफूलाई केही थाहा नभएको बताउनुभयो। उहाँले पनि थप जानकारीका लागि विपद् भोकल पर्सन समीर आचार्यलाई सम्पर्क गर्न भन्नुभयो। सोहीअनुसार आचार्यलाई सम्पर्क गर्दा उहाँले पनि पूर्ण रूपले जानकारी नभएकाले पुनः जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख पुष्कर रानालाई सम्पर्क गर्न अनुरोध गर्नुभयो।

    ‘तेलबहादुर घलेको होटेलको अवस्था र घटनाबारे बुझेर कस्तो अवस्थामा पहिला थियो र हाल कस्तो अवस्थामा छ यकिन गर्छौ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि मात्रै सो समयमा उपस्थित प्रहरीलाई सम्पर्क गरेर यसबारे थप कदम चाल्नेछौँ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.