शनिबार आज पोखरामा निशुल्क दन्त शिविर सम्पान्न भएको छ । वेष्ट भ्याली डेन्टल आयोजनामा पोखरा ५ जिरोमा किमी शिविर भएकोल क्लिनिक र अभियान युवा क्लबको संयुक्त हो । नियमित दाँतको चेकअप आवश्यक रहेको भन्दै निशुल्क दन्त शिविर राखिएको आयोजकले जनाएको छ ।‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ । नियमित दन्त परिक्षणले तपाईको मुख स्वास्थ्यमा केही समस्या छ, छैन भन्ने पत्ता लगाउन मद्दत गर्छ र भविश्यमा त्यस्ता समस्या आउन सक्ने वा आइसकेमा तिनीहरुको उचित उपचारमा मद्दत मिल्छ । नियमित दन्त चेकजाँज गरौं, यसले तपाईलाई स्वस्थ पनि राख्छ भविश्यमा हुने ठुलो खर्च रकमलाई पनि जोगाउँछ ।’ गौतमले भनिन् ।
नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने डेन्टल सर्जन सम्झना गौतमले बताइन् । साथै मानिसलाई दाँत÷मुख सम्वन्धि समस्याबाट हुने दुखाईबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज आवश्यक रहेको उनको भनाई छ । शिविरमा विशेषज्ञ नर्सहरुबाट निशुल्क परामर्श दिएको बताएको छ । दन्त विशेषज्ञको प्रत्यक्ष निगहरानीमा शिविर सञ्चालन भएको समेत वाग्लेले जानकारी दिइन् । रोग लागेर पछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय भएकाले बेलैमा आफ्नो स्वस्थ्य चेकजाँज गर्नुपर्ने अभियान युवा क्लबका अध्यक्ष राजु गिरीले बताए । दाँतको समस्या भएकालाई विशेष अनुरोध गर्दै समस्या नै नभएकालाई पनि सामान्य चेकजाँच र विशेषज्ञको सल्लाहका लागि शिविरमा सहभागि हुन क्लबका अध्यक्ष गिरीले आग्रह गरे ।
वेष्ट भ्याली क्लिनिकले दाँत, छाला तथा कपाल प्रत्यारोपणका सेवा दिँदै आइरहेको छ भने अभियान युवा क्लब विगत १७ वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रियरुपमा काम गर्दै आएको संस्था हो । शिविर जिरो किमी चोक देखि २ सय मिटर उत्तरतर्फ वेष्ट भ्याली डेन्टल क्लिनिकको प्राङ्गणमा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन भएको आयोजकले जनाएको छ ।