• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन

"जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । "

  •     अभियान हाम्रो/ शनिबार, साउन २०, २०८०  

  • बालबालिकाले नियमित खोप पाउनु बाल अधिकार हो, सोही बमोजिम जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गरिने भएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जिल्लामा साउन २८ गते देखि दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक खेहरू यादवले जिल्लामा दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । यादवका अनुसार पहिलो चरणमा जिल्लाका १६ ओटा स्थानीय तहमा  साउन २८ गतेदेखि साउन ३२ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

    दोस्रो चरणमा विराटनगर महानगरपालिकामा भदौ ११ गतेदेखि १६ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ । जिल्लामा दादुरा र रूवेला रोगको सङ्क्रमण फैलिएका कारण खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय, मोरङका प्रमुख डाक्टर सुरेश मेहेताले बताउनु भयो । डाक्टर मेहताले दादुरा र रूवेलाविरूद्ध खोप अभियानमा ६ महिनादेखि १५ वर्षसम्म उमेर समूहका  बालबालिकाहरू सहभागी हुने बताउनु भयो । दादुरा र रूवेलाविरूद्ध खोप अभियानमार्फत जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

    अभियान सञ्चालनका लागि जिल्लाभर १ हजार ७३ ओटा खोपकेन्द्रको व्यवस्था गरिएको छ । विद्यालय जाने बालबालिकालाई विद्यालयमा पनि खोप केन्द्र राखिएको स्वास्थ्य कार्यालय, मोरङले जनाएको छ । ‘बालबालिकाले नियमित खोप पाउनु बालअधिकार हो’ जिल्ला स्वास्थ्य कार्यालय, मोरङका प्रमुख डाक्टर सुरेश मेहेताले बताउनु भयो । नियमित खोप कार्यक्रमबाट छुटेका बालबालिकाहरूलाई पनि दादुरा र रूवेलाविरूद्ध खोप अभियानमा समेट्ने लक्ष्य राखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.