• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शनिबार पोखरामा निशुल्क दन्त शिविर हुने

"वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमी शिविर हुन लागेको हो । "

  •     अभियान हाम्रो/ शुक्रबार, साउन १९, २०८०  

  • पोखरा, १९ साउन ।

    शनिबार (भोली) पोखरामा निशुल्क दन्त शिविर हुने भएको छ । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमी शिविर हुन लागेको हो ।

    नियमित दाँतको चेकअप आवश्यक रहेको भन्दै निशुल्क दन्त शिविर राखिएको आयोजकले जनाएको छ । नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने डेन्टल सर्जन सम्झना गौतमले बताइन् । साथै मानिसलाई दाँत÷मुख सम्वन्धि समस्याबाट हुने दुखाईबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज आवश्यक रहेको उनको भनाई छ ।

    ‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ । नियमित दन्त परिक्षणले तपाईको मुख स्वास्थ्यमा केही समस्या छ, छैन भन्ने पत्ता लगाउन मद्दत गर्छ र भविश्यमा त्यस्ता समस्या आउन सक्ने वा आइसकेमा तिनीहरुको उचित उपचारमा मद्दत मिल्छ । नियमित दन्त चेकजाँज गरौं, यसले तपाईलाई स्वस्थ पनि राख्छ भविश्यमा हुने ठुलो खर्च रकमलाई पनि जोगाउँछ ।’ गौतमले भनिन् ।

    शिविरमा विशेषज्ञबाट निशुल्क परामर्श पनि लिन सकिने हुँदा सेवाको लाभ लिन वेष्ट भ्याली डेन्टल क्लिनिककी प्रमुख कार्यकारी अधिकृत सुभा कोइराला वाग्ले आग्रह गरिन् । दन्त विशेषज्ञको प्रत्यक्ष निगहरानीमा शिविर सञ्चालन हुने समेत वाग्लेले जानकारी दिइन् । रोग लागेर पछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय भएकाले बेलैमा आफ्नो स्वस्थ्य चेकजाँज गर्नुपर्ने अभियान युवा क्लबका अध्यक्ष राजु गिरीले बताए । दाँतको समस्या भएकालाई विशेष अनुरोध गर्दै समस्या नै नभएकालाई पनि सामान्य चेकजाँच र विशेषज्ञको सल्लाहका लागि शिविरमा सहभागि हुन क्लबका अध्यक्ष गिरीले आग्रह गरे ।

    वेष्ट भ्याली क्लिनिकले दाँत, छाला तथा कपाल प्रत्यारोपणका सेवा दिँदै आइरहेको छभने अभियान युवा क्लब विगत १७ वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रियरुपमा काम गर्दै आएको संस्था हो । शिविर जिरो किमीचोक देखि २०० मिटर उत्तरतर्फ वेष्ट भ्याली डेन्टल क्लिनिकको प्राङ्गणमा बिहान ७ बजेदेखि १० बजेसम्म हुने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.