• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुन तस्करीबारे समाचार लेख्दा पत्रकार उजिर मगरलाई ज्यान मार्ने धम्की

"पत्रकार उजिर मगरलाई सुन तस्करीमा गिरफ्तारीमा परेका दावा छिरिङ र उहाँकी पत्नी अमला रोक्काको बारेमा समाचार लेखेको भन्दै दावा र अमलाका आफन्तले ज्यान मार्ने धम्की दिएका छन् । "

  •     अभियान हाम्रो/ शुक्रबार, साउन १९, २०८०  

  • पत्रकार उजिर मगरलाई सुन तस्करीमा गिरफ्तारीमा परेका दावा छिरिङ र उहाँकी पत्नी अमला रोक्काको बारेमा समाचार लेखेको भन्दै दावा र अमलाका आफन्तले ज्यान मार्ने धम्की दिएका छन् । मगरले साउन १६ गते लोकान्तर डट्कममा ‘सुन काण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाई बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि गिरफ्तार गरेका तिब्बतीयन मुलुकका बेल्जियन नागरिक दावा छिरिङ र सहिद पत्नी भनिएकी अमला रोक्काबारे समाचार लेख्नु भएको थियो ।

    सोही समाचारको विषयलाई लिएर अनुसन्धानका लागि प्रहरी गिरफ्तारीमा परेका दावा छिरिङकी पत्नी अमला रोक्काकी बहिनी ज्वाइँ (बिन्दु बुढाका पति) बागलुङको ढोरपाटन नगरपालिका-४ का ४६ वर्षीय खगेन्द्र छन्त्याल, कमलाकी भाञ्जी दीपा श्रेष्ठ र दाई अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेको पत्रकार मगरले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

    आफूलाई विदेशमा रहेका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत धम्की दिएको र छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले आफूलाई ‘जहाँ भेटिन्छ, त्यहीँ मार्ने’ धम्की दिँदै आएको मगरले बताउनु भयो । घटनाबारे नेपाल पत्रकार महासङ्घले साउन १८ गते विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकार उजिर मगरमाथि आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति जनाएको छ । महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति चित्त नबुझे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन हो ।’

    समाचारप्रति चित्त नबुझे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको महासङ्घले जनाएको छ । पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटनालाई गम्भीरता पूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.