रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपद्वारा टिचिङ्ग अस्पतालमा टाउकोको शल्यक्रिया गराईरहेका रेकर्डिस्ट एवम् ध्वनि सम्पादक मान बहादुर बराल मगर लाई टाउकोको उपचारमा केही सहयोग पुगोस् भन्ने हेतुले टिचिङ्ग अस्पतालमा पुगि आर्थिक सहयोग हस्तान्तरण गरेको छ। उक्त आर्थिक सहयोग रकम हस्तान्तरण गर्नको लागि अस्पतालमा रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपका अध्यक्ष भिजन गुरुङ, वरिष्ठ उपाध्यक्ष अजय गुरुङ, सल्लाहकार नुमा लामिछाने गुरुङ, सदस्यहरु पुजा गुरुङ र सोम गुरुङको उपस्थिति रहेको थियो ।
रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपले विगत दुई वर्ष देखि मानविय तथा सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आइरहेको छ भने संस्थाले अझ आर्थिक सहयोग गर्न सकियोस् भन्ने उद्देश्यको साथ विभिन्न जिल्लामा मानवीय र सामाजिक कार्यमा सहयोगको लागी चलचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरि त्यस बाट उठेको रकम विभिन्न रोग बाट बिरामी परी उपचार गर्दागर्दै आर्थिक अवस्था कम्जोर भएका बिरामी हरुलाई नेपालको विभिन्न पुगि आर्थिक सहयोग गर्दै आईरहेको छ । ग्रुपले आउदो दिनहरूमा अझ यस्तो मानवीय तथा सामाजिक कार्यहरू गगर्दै जाने ग्रुपका अध्यक्ष भिजन गुरुङ ले बताउनु भएको छ।