• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धादिङको धुनिवेशी डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम

"धादिङको धुनिवेशी नगरपालिका ५ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ। "

  •    अभियान हाम्रो / बिहिबार, साउन १८, २०८०  

  • धादिङको धुनिवेशी नगरपालिका ५ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ।

    जिल्लामा पछिल्लो समय दिनानु दिन डेंगु रोगको सङ्क्रमण दर बढ्दै जानथाले पछि जिल्लाका स्थानिय तहले डेंगु रोग नियन्त्रणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिरहेका छन् । बिहिबार धुनिबेशी नगरपालिका ५ मा जनप्रतिनिधि,स्वास्थ्य कर्मी, रेडक्रस कर्मी,नेपाल प्रहरी ,शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको धुनिबेशी ५ का वडा अध्यक्ष बिशाल भट्टराइले जानकारी दिनु भयो।

    डेंगु रोग नियन्त्रणका लागि आज योकार्यक्रम गरेर मात्र नहुने सबैले आफु, आफ्नो घर परिवार र समुदायमा जानकारी गराई जनचेतना जगाउन सके पनि डेंगु रोगबाट बच्न सकिने भट्टराइको भनाइ छ।

    डेंगु रोग के हो ? कसरि बच्ने 
    डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।

    डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

    डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

    डेंगुका लक्षणहरु

    डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

    १. टाउको दुख्ने

    २. आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

    ३. ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

    ४. शरीरमा विमिरा आउने

    ५. वाकवाकी लाग्ने

    ६. पेट दुख्ने

    ७. नाक वा गिजाबाट रगत बग्ने

    ८. रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

    कसरी बच्ने ?
    डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तै: गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । बाहिर वा लामखुट्टेले तोक्ने ठाउमा निस्कदा शरिर ढाकिने लुगा लगाउनुपर्छ । सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.