• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छोरीको हत्या कसुरमा तीन वर्ष कैद सजायको फैसला

"कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना सजाय तोकेको छ । "

  •    अभियान हाम्रो / बिहिबार, साउन १८, २०८०  

  • ११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना सजाय तोकेको छ । जिल्ला अदादलका न्यायधिश हरिश्चन्द्र ढुङ्गानाको ०८० साउन १७ गतेको इजलासले सो मुद्दामा अन्तिम आदेश गर्दै सजाय निर्धारण गरेको जिल्ला अदालतका फाँटवाला सुन्दर तिवारीले जानकारी दिनु भयो ।

    सुष्माले २०७७ माघ १९ गते दिउँसो आवुँखैरेनी गाउँपालिका–२ खानिखोला स्थित न्यु लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफुले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारको लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचार पश्चात निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले २०७७ माघ २५ गते सुष्मा विरूद्ध जाहेरी दिएपछि सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते गिरफ्तार गरेको थियो ।

    सुस्मा विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा हत्या सम्बन्धी मुद्दा दर्ता गरेको थियो । सुष्मालाई भदौ १८ गते देखी तनहुँ जिल्लामा पुर्पक्षको लागि कारागारमा राखिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.