• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘बोक्सी’ आरोपमा कुटपिट घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

"नेतृत्वमा स्थलगत अध्ययन गरेको टोलीले साउन १७ गते सो प्रतिवेदन सार्वजनिक गरेको हो । "

  •    अभियान हाम्रो / बिहिबार, साउन १८, २०८०  

  • पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२४ बहुवरी टोलमा ‘बोक्सी’को आरोपमा भएको कुटपिट घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक नेतृत्वमा स्थलगत अध्ययन गरेको टोलीले साउन १७ गते सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

    पर्सा जिल्ला बीरगंज महानगरपालिका–२४ बहुवरी टोलकी ७० वर्षीया पार्वतीया देवी अहिरिनलाई सोही ठाउँका ५० वर्षीय काशी राउत अहिर र उनका २५ वर्षीय छोरा ब्रजेश राउत अहिर (यादव) लगायतले ‘बोक्सी’को आरोपमा कुटपिट गरेको इन्सेकबाट अध्ययनका लागि पर्सा पुगेको टोलीले जनाएको छ ।

    कुटपिट घटनामा संलग्न भनिएका आरोपित काशी राउत अहिरको ४८ वर्षीया पत्नी दुर्गा देवी राउत अहिरीन बिरामी भइरहने र आफूलाई ‘बोक्सी’ लगाएको भन्दै विगत केहि दिनदेखि गालीगलौज समेत गर्दै आएको पीडित पर्वतीय देवी अहिरिनले सो टोलीलाई बताएको इन्सेकले साउन १७ गते सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    ‘यसअघि पनि गाउँकै दिलिप यादवको ४५ वर्षीया पत्नीलाई ‘बोक्सी’को आरोपमा काशी राउत अहिर लगायतले पीडितको घरमै गएर गाली गलौज गरेको पीडित पक्षको आरोप छ । काशी राउत अहिरको पत्नी बिरामी भइरहने र बिरामी पारेको भनि गाउँकै दुई जना महिला उपर ‘बोक्सी’ आरोप लगाएको र पछिल्ला समय ज्येष्ठ नागरिक पार्वतीया देवी अहिरिनलाई बाटोमै ‘बोक्सी’ भन्दै कुटपिट गरेको पीडित परिवारको भनाइ रहेको छ । यस घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपनि अभद्र व्यवहारमा उजुरी दर्ता गरेको प्रहरीले बताउँछन् ।’–प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा हाम्रो समाजमा अहिले पनि अन्धविश्वासको नाममा महिलामाथि कथित ‘बोक्सी’को आरोपमा दुर्व्यवहार हुने गरेको उल्लेख छ । ‘बोक्सी’को आरोप तथा दुर्व्यवहारसम्बन्धी यस्ता घटनाहरूको प्रभावकारी अनुसन्धान गरी कानुनी कारबाही प्रकृया अगाडि बढाउन आवश्यक देखिएको सो टोलीको ठहर छ । ‘बोक्सी’को आरोप जस्ता अन्धविश्वासको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र ग्रामीण तहसम्म अन्धविश्वासविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू पनि गर्नु आवश्यक रहेको इन्सेक केन्द्रीय कार्यालयबाट अध्ययनका लागि पर्सा पुग्नुभएकी सम्झा श्रेष्ठले बताउनु भएको छ ।

    टोलीमा मानव अधिकार बहस तथा पैरवी कार्यक्रम संयोजक, सम्झा श्रेष्ठ, इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक, राजु पासवान र बाराका मानव अधिकारकर्मी भोलानाथ पौडेलको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.