• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राउटे समुदायमा आएको परिवर्तन: गर्न थाले औषधिमा विश्वास


  •    संवाददाता/ बिहिबार, साउन १८, २०८०  

  • कुनै समय थियो, राउटे समुदायलाई सरसफाइको ‘स’ समेत थाहा थिएन । जंगलको बास जंगलमै फिरन्ते जीवन बिताउने उनीहरू सरसफाइमा चासो राख्दैनथे । जंगलमा भाँडाकुँडा बनाएर यो समुदाय गाउँमा अन्नसँग साट्न पुग्थ्यो । गाउँमा पुग्दा राउटेलाई सरसफाइ नगरेको देखेपछि घरगाउँमा छोराछोरीले नुहाएनन् र फोहोरी देखिएपछि तिनका अभिभावकले उनीहरूलाई ‘राउटे’ भनेरसमेत गिज्याउँथे । त्यसपछि उनीहरू सधैँ सफा हुन्थे ।

    पहिले सरसफाइमा ध्यान नदिने त्यही राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै गएको छ । आफ्नो बस्तीवरिपरि दिसा–पिसाब गरी फोहोर गर्ने राउटे समुदायमा पछिलो समय परिवर्तन आएको राउटे बस्तीमा जोडी शिक्षकका रूपमा कार्यरत लालबहादुर खत्री बताउनुहुन्छ । ‘पहिले ननुहाउने, सरसफाइमा ध्यान नदिने, बस्तीवरिपरि दिसा–पिसाब गर्थे,’ उहाँले भन्नुभयो, ‘तर पछिल्लो समय त्यो बानीमा सुधार हुँदै आएको छ ।’

    खत्रीका अनुसार पहिलेभन्दा राउटेहरूले बस्तीवरिपरि साफसफाइ गरी चिटिक्क बनाउनुहुन्छ । भाँडाकुँडा सफा गर्र्नेदेखि नुहाउनेसम्मका काम गर्नुहुन्छ । सोसेक नेपाललले बस्तीमै अहिले जोडी शिक्षक र अहेब–अनमीसमेतको व्यवस्था गरिदिएको छ । जसले गर्दा राउटे बालबालिकाले अक्षर पढ्न सक्ने र सरसफाइ गर्नुपर्छ भन्ने शिक्षा सिक्नुभएको छ ।

    पछिल्लो समय राउटेको आनीबानीमा सकारात्मक परिर्वतन आउनुमा सोसेक नेपालको भूमिका रहेको जोडी शिक्षक खत्री बताउनुहुन्छ ।

    पहिले औषधोपचार नगर्ने राउटे अहिले राजी

    जस्तोसुकै बिरामी पर्दा पनि राउटे समुदाय जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । हरेक राउटे महिला जीवन जोखिममा राखेर बच्चा जन्माउनुहुन्थ्यो । परिआयो भने जीवन नै गुमाउनुहुन्थ्यो, त्यो पनि जंगलमै । वनजंगलमा जीवनयापन गर्दै आएको यो समुदाय स्वास्थ्य चौकी, अस्पताल गएर उपचार गर्न जान डराउँथ्यो । सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाहरूलाई भत्ताको व्यवस्था गरे पनि राउटे समुदायका महिलाहरू अझै पनि स्वास्थ्य संस्था जान चाहनुहुन्न ।

    नेपालको सम्पदा मानिने दक्षिण एसियाको एक मात्र भ्रमणशील जाति राउटे समुदाय पछिल्लो समय संकटमा छ । पहिले–पहिले चोटपटक लागे र बिरामी भए स्वास्थ्य संस्था नसम्झेर जडिबुटी र झारफुककै भर पर्ने यो समुदाय हिजोआज औषधि उपचारमा विश्वास गर्न थालेको छ । सानो चोटपटक लाग्नेबित्तिकै स्वास्थ्यकर्मी खोज्ने गरेको सोसेक नेपालद्वारा राउटे समुदायमा सञ्चालित राउटे परियोजनामा कार्यरत अहेब विनोदकुमार बिसी बताउनुहुन्छ ।
    प्रसूति गराउन स्वास्थ्य संस्थामा नगए पनि हिजोआज यो समुदाय औषधिको विश्वास गर्न थालेको छ ।

    केही समयअघि राउटे समुदायका युवा गोविन्दबहादुर शाही र खगेन्द्र शाही जंगलमा काठ काट्दै गर्दा घाइते हुनुभयो । त्यसपछि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या देखाउँदै स्वास्थ्यकर्मीबाट उपचार लिनुभयो । यस्तै केही वर्षअघि महिनबहादुर शाहीकी पत्नी दुनी शाहीको खुट्टामा क्यान्सर भएको भयो । काठमाडौं गएर खुट्टाको अप्रेसन गरेपछि हिजोआज ठमठम हिँड्दै गाउँ डुल्ने गरेको महामुखिया शाही बताउनुहुन्छ ।

    ‘मेरो बुढीको उपचार काठमाडौँका गुप्तबहादुर श्रेष्ठ डाक्टर सापले गर्नुभएको हो, पैसा लिनु भएन, निशुल्क उपचार गरिदिनुभयो । आजभोलि सन्चो छ, हिँड्डुल गर्न सक्छ,’ शाहीले भन्नुभयो, ‘बस्तीमा यसको महत्व बुझेकाले औषधि गर्छन् । कोहीले घाउ दुख्ने डरले औषधि उपचार गर्न मान्दैनन् ।’

    उपचार गर्न स्वास्थ्य संस्था नगए पनि बस्तीमा उपचार गर्न आउँदा भने सजिलै स्वीकार गर्ने गरेको खत्रीको अनुभव छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.