• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ६ जना पक्राउ

" कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । "

  •    अभियान हाम्रो / बुधबार, साउन १७, २०८०  

  •  कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूमध्ये गोदावरी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१-०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला ग्राउण्डबाट, धनगढी उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका-३ ब्यारेलबाट र गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका-१ धनगढी रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

    कञ्चनपुर, कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये भिमदत्त नगरपालिका-९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट र भिमदत्त नगरपालिका-१० गड्डा बस्ने जनक बहादुर कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-१० भुजेला पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

    कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २३ वर्षीय विकास सिर्मललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग.१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय तिर्थ रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    सिरहा, सिरहा नगरपालिका-१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.