• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विशेषज्ञ डाक्टर नहुँदा अस्पतालको प्रसूति अप्रेशन सेवा बन्द


  •    संवाददाता/ बुधबार, साउन १७, २०८०  

  • जिल्ला अस्पताल फाप्लु साेलुखुम्बुमा विशेषज्ञ डाक्टर नहुँदा प्रसूति अप्रेशन सेवा बन्द गरिएको छ ।

    जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भए पनि तालिम प्राप्त चिकित्सक नहुँदा साउन १ गतेदेखि सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनु भयो ।

    अस्पतालमा १ वर्ष ६ महिनायता कार्यरत एमडीजीपी डाक्टर अजय चौधरी दूधकोशी सामुदायिक अस्पतालमा सरूवा भएसँगै अस्पतालको अप्रेशन सेवा बन्द गरिएको प्रमुख शेर्पाले बताउनु भयोे ।

    अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका स्वास्थ्यग्राहीलाई ओखलढुङ्गा तथा काठमाण्डौँ रेफर गर्नु परेको निमित्त प्रमुख शेर्पाले बताउनु भयो ।

    सेवा बन्द गरिएयता १५ दिनको अवधिमा तीन जना स्वास्थ्य सेवाग्राहीलाई जिल्ला बाहिर रेफर गरिएको छ ।

    एमडीजीपी डाक्टरको व्यवस्थापन गरिदिन आग्रह गर्दे स्वास्थ्य मन्त्रालय र कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयमा पत्र पठाएको प्रमुख सानी शेर्पाले बताउनु भयो ।

    पत्रचार गरिएका निकायले चाँडो डाक्टरको व्यवस्था गरिदिए अप्रेशन सेवा सुचारू गर्ने अस्पतालले जनाएको छ ।

    नेपालको संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

    सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.