१२ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ८ का २७ वर्षीय रेमबहादुर हौजाली मगरलाई साउन १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ९ गते भारत लैजान लागेको अवस्थामा माइती नेपाल, कृष्णनगर, कपिलवस्तुको सहयोगमा पीडित पक्षले आरोपितविरूद्ध साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा आरोपित र पीडित बालिकालाई थप अनुसन्धानका लागि साउन १४ गते जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिक्रम रिजालले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।